२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनलः कोलकाता र हैदरावादको सबैभन्दा तागत र कमजोरी के हो ?



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को फाइनल आज आइतबार चेन्नईको एमए चिदम्बरम चेपौक स्टेडियममा बेलुका ७ः४५ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुनेछ ।

दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्स यसअघि अहमदाबादमा भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अर्कोतर्फ शुक्रबार चेपौकमा भएको दोस्रो क्वालिफायरमा एक पटकको विजेता सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

कप्तान प्याट कमिन्सको नेतृत्वमा सनराइजर्स हैदरावादले यो सिजन दुई पटक कोलकाता नाइट राइडर्ससँग खेलेको छ तर दुवै पटक हार बेहोरेको छ ।

योसँगै श्रेयस अय्यरको नेतृत्वमा रहेको कोलकाता नाइट राइडर्स यस सिजनमा फरक देखिएका छन् । गौतम गम्भीर मेन्टर बनेपछि टोली यस सिजन उत्कृष्ट लयमा देखिएको छ । उनको कप्तानीमा दुई पटक च्याम्पियन बनेको टोली उनको प्रशिक्षणमा तेस्रो उपाधिबाट एक जित मात्र टाढा छ ।

सनराइजर्स हैदरावादको तागत
कप्तान प्याट कमिन्सको टोलीको सबैभन्दा ठूलो बल उनीहरूको ओपनिङ ब्याटिङ जोडी हो । ट्राभिस हेड र अभिषेक शर्र्माले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई धेरै खेल जिताउन सफल भएका छन् । यस्तै, हेनरिक क्लासेनले यो सिजन मिडल अर्डरमा आफ्नो आक्रामकताबाट प्रभावित पारेका छन् ।

कोलकाता नाइटराइडर्सको तागत
जारी सिजनमा कोलकाता नाइट राइडर्सका ओपनिङ जोडीले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । साल्ट घर फर्केपछि सुनील नारायणले गुरबाजको साथपाएका छन् । टोलीका दुई मिस्ट्री स्पिनर नारायण र वरुण चक्रवर्तीको चेपौकमा उत्कृष्ट कीर्तिमान छ ।

सनराइजर्स हैदरावादको कमजोरी
मिचेल स्टार्कविरुद्ध ट्राभिस हेडको कीर्तिमान खासै राम्रो छैन । सनराइजर्सको ब्याटिङमा हेड र अभिषेक असफल हुँदा टोली अगाडी बढ्न सकेको छैन । मध्यक्रममा उनीहरुको पूर्ण निर्भरता क्लासेनमा जान्छ ।

कोलकाता नाइट राइडर्सको कमजोरी
केकेआरका लागि पनि मिडल अर्डरले यो सिजन धेरै रन बनाउन सकेको छैन । यदि शीर्ष क्रम फाइनलमा असफल भयो भने, केकेआर पनि यहाँ समस्यामा पर्न सक्छ । सनराइजर्सका स्पिनरहरूले यहाँ ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छन् ।