२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्दैनौँ: अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रश्ताव राख्दै अध्यक्ष केसीले सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई जोगाउने षड्यन्त्र गरिरहेको बताउनुभएको हो । उहाँले सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको बताउनु भयो । उहाँले सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन । विरोध गर्छ ।’

उहाँले सत्ताधारीको दुर्दशा रहेको टिप्पणी गर्दै त्यसको पनि राष्ट्रिय जनमोर्चाले विरोध गर्ने बताउनु भयो ।