६ असार २०८३, शनिबार
,
Latest
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई २ करोड ५० लाख डोज कोरोनाको खोप दिन रुस इच्छुक



अ+ अ-

मस्कोः नेपालमा कोभिड–१९ विरुद्धको खोप कहिले आइपुग्ला भन्ने अनुमान भइरहेका बेला रुसको विदेश मन्त्रालयले नेपाललाई २ करोड ५० लाख डोज खोप दिन आफू तयार रहेको जनाएको छ ।

रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी (SputniK V)  खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको रुसी विदेश मन्त्रालयको हवाला दिँदै रुसको रिया न्यूज एजेन्सीले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँग नेपालका लागि रुसका राजदूतले केही दिनअघि मन्त्रालयमै भेटेर नेपाललाई रुसी खोप उपलब्ध गराउने बारे विचारविमर्श गरेका थिए ।

रूसी विदेश मन्त्रालयका एसिया विभागका निर्देशक जमिर काबुलाेभले नेपाल समेतका देशले रूसी खाेप लिने बारेमा ठूलै अभिरूचि देखाएकाे बताउनु भएकाे छ । उहाँले नेपालकाे एउटा फर्मास्यूटिकल कम्पनीसँग रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले सहमति पत्रमा हस्ताक्षर गरेकाे जानकारी दिँदै साेही सहमति बमाेजिम नेपाललाइ २ कराेड ५० लाख डाेज खाेप उपलब्ध गराउन रूस तयार रहेकाे बताउनु भएकाे रूसकाे स्पुतनिक समाचार संस्थाले जनाएकाे छ ।

गत सेप्टेम्बरकाे अन्त्यतिर रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले नेपाललाइ २ कराेड ५० लाख डाेज काेभिड विरूद्धकाे खाेप उपलब्ध गराउने घाेषणा गरेकाे थियाे । याे खाेपले नेपालकाे झण्डै ९० प्रतिशत जनसंख्यालाइ पुग्ने फन्डकाे भनाइ छ । 

यद्यपी यस खाेपका बारेमा नेपाल सरकारले केही बताएकाे छैन । नेपालले भारतीय कम्पनीसँग खाेपका बारेमा छलफल गरिरहेकाे र परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भारत भ्रमणका क्रममा भारतीय खाेप नेपाल ल्याउने बारेमा विचार विमर्श गर्ने बताइएकाे छ ।