६ असार २०८३, शनिबार
,
Latest
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा विघटनको विरोधमा कला प्रदर्शनी



अ+ अ-

काठमाडौ । प्रतिनिधि सभा विघटनको विरोधमा कला प्रदर्शनी गरिएको छ । मंगलबार प्रज्ञा–प्रतिष्ठानको डबलीमा कलाकारहरुले प्रतिनिधि सभा विघटनको विरोधमा फरक प्रकारले प्रदर्शनी गरेका छन् । नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधि सभा विघटनको विरुद्दमा कविता नाटक, चित्र प्रदर्शनी लगायत प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्, उखान टुक्का गल्फत्ती, देश होइन तिम्रो सम्पति, संसद विघटन रातारात देश डुबाउन तिम्रो हात, प्रतिनिधि सभा पुर्नगठन सर्वोच्चले गर सम्बोधन लगायतका नारा लेखिएका प्लेकार्ड सहित कलाकारहरुले प्रस्तुति राखेका थिए ।

 

प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको निरन्तर श्रृङ्खला अन्तरगत यस कार्यक्रम गरिएको आयोजकले जनाएको छ । बिरोध प्रदर्शनीमा सडक नाटकले देशको अहिलेको अवस्था देखाउन खोजिएको थियो ।