९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अन्तर्राष्ट्रिय अदालतले आक्रमण रोक्न आदेश दिएको एक दिनपछि इजरायलले गर्यो रफाहमा आक्रमण

अन्तर्राष्ट्रिय अदालतले आक्रमण रोक्न आदेश दिएको एक दिनपछि इजरायलले गर्यो रफाहमा आक्रमण
अ अ+ अ-

एजेन्सी । हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार इजरायलले राफाहसहित गाजापट्टीमा बम प्रहार गरेको छ ।

इजरायली सेनाले उत्तरी गाजाबाट थप तीनजना बन्दीहरूको शव बरामद गरेको घोषणा गरेको केही घण्टापछि अन्तर्राष्ट्रिय अदालतले (आइसीजे)ले पनि प्यालेस्टिनीले अझै पनि बन्धक राखेका सबैलाई तत्काल रिहा गर्न माग गर्यो र इजरायललाई इजिप्ट र गाजाबीचको राफाह क्रसिङ्ग खुला राख्न आदेश दिएको हो ।

“इजरायलले रफाह क्षेत्रमा सैन्य कारबाही गरेको छैन र गर्ने पनि छैन जसले प्यालेस्टिनी नागरिकको जीवनमा पूर्ण वा आंशिक विनाश गर्न सक्ने अवस्था सिर्जना गर्दछ”, राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले इजरायलको विदेश मन्त्रालयका प्रवक्तासँगको संयुक्त विज्ञप्तिमा भन्नुभयो ।

सन् २००७ देखि गाजामा शासन गर्दै आएको प्यालेस्टिनी लडाकु समूह हमासले रफाहमा आक्रमण रोक्ने आइसीजेको फैसलाको स्वागत गरेको छ तर युद्धग्रस्त गाजाको बाँकी भागलाई बेवास्ता गरेको भन्दै निर्णयको आलोचना गरेको हो ।

आइसीजेको फैसलाको केही घण्टापछि इजरायलले शनिबार बिहान गाजापट्टीमा आक्रमण गरेको छ ।

प्यालेस्टिनी साक्षी र एएफपी टोलीले राफाह र केन्द्रीय सहर देइर अल–बलाहमा इजरायली आक्रमण भएको जनाएको थियो ।

“हामीलाई आशा छ कि, अदालतको निर्णयले इजरायललाई यो विनाशको युद्ध अन्त्य गर्न दबाब दिनेछ, किनकि यहाँ केही बाँकी छैन”, गाजा युद्धका कारण देइर अल–बलाहमा विस्थापित प्यालेस्टिनी महिला ओम मोहम्मद अल–अस्काले गुनासो व्यक्त गर्नुभयो ।

“इजरायल आफूलाई कानुनभन्दा माथि ठान्छ । तसर्थ, गोलीबारी वा बल प्रयोग बाहेक अरूले इजरायलाई रोक्न सक्छ भन्ने मलाई विश्वास छैन”, मध्यगाजा पट्टी सहरमा एएफपीले भेटेको मोहम्मद सालेहले भन्नुभयो ।

आफ्नो फैसलामा आईसीजेले इजरायललाई रफाहमा सम्पूर्ण वा आंशिकरूपमा भौतिक विनाश ल्याउन सक्ने आफ्नो सैन्य आक्रमण तुरुन्तै रोक्न र आदेश दियो र गाजामा हमासले बन्धक बनाएकाको “तत्काल र बिना शर्त रिहाई”को लागि पनि आह्वान गर्यो ।

इजरायली सेनाले शुक्रबार उत्तरी गाजामा शव बरामद भएका तीन जना बन्धकहरु चानान याब्लोन्का, ब्राजिलियन–इजरायली मिशेल निसेनबाम र फ्रान्सेली–मेक्सिकन ओरियन हर्नान्डेज राडोक्सको अक्टोबर ७ को आक्रमणमा हत्या भएको र उनीहरूको शव गाजा लगिएको बताएको छ ।

पेरिसमा गाजा द्वन्द्वको विषयमा एकातिर सीआईए प्रमुख र इजरायली प्रतिनिधि र अर्कोतिर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र चार प्रमुख अरब राज्यका विदेशमन्त्रीबीच आयोजित बैठक अघि अदालतको यो आदेश आएको हो ।

इजरायलले रफाह अपरेसन सुरु गरेको केही समयपछि अमेरिका, इजिप्ट र कतारी मध्यस्थकर्तासँगको युद्धविराम वार्ता समाप्त भएको थियो । यद्यपि युद्ध मन्त्रिपरिषद्ले यस हप्ता इजरायली प्रतिनिधिमण्डललाई “बन्धकको फिर्तीका लागि वार्ता जारी राख्न” आग्रह गरेको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जानकारी गरायो ।

सीआइए प्रमुख बिल बर्न्सले वार्ता पुन:सुरु गर्ने प्रयासमा पेरिसमा इजरायली प्रतिनिधिलाई भेट्ने अपेक्षा गरिएको यस मुद्दासँग नजिक पश्चिमी स्रोतले बताएको हो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले छुट्टै कतारका प्रधानमन्त्री र साउदी, इजिप्ट र जोर्डनका विदेशमन्त्रीलाई शुक्रबार “युद्धविरामका लागि दबाब दिन” आग्रह गर्नुभयो । र पाँच देशले दुई–राज्य बीचको सम्बन्ध समाधानका तरिकाको प्रभावकारी कार्यान्वयनबारे छलफल गरेको कायरोले जानकारी गराएको हो ।

विश्वव्यापी विरोधलाई बेवास्ता गर्दै इजरायली सेनाले इजिप्टसँगको राफाह सीमा पार गर्ने प्यालेस्टाइनतर्फको रफाह सीमामा कब्जा गर्यो र गाजाको २।४ मिलियन मानिसका लागि मानव सहायताको उपलब्धीलाई थप सुस्त बनाएको थियो ।

शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँगको वार्तामा दक्षिणी गाजामा अर्को प्रवेश बिन्दु केरेम शालोम क्रसिंगमार्फत संयुक्त राष्ट्र सहयोग भित्र्याउने अनुमति दिन सहमत हुनुभएको ह्वाइट हाउसले बताएको हो ।

यस क्षेत्रको सुरक्षा र मानवीय अवस्था चिन्ताजनक । विगत दुई हप्तामा करीब आठ लाख मानिस राफाहबाट विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

“गाजाका जनताले अनिकालको सामना गरिरहेका बेला विगत सात महिनामा गरिएको आह्वानलाई ध्यानमा राख्नु महत्त्वपूर्ण छ । बन्धकलाई रिहा गर्नुहोस्, युद्धविराममा सहमत हुनुहोस् र यो दु:स्वप्न अन्त्य गर्नुहोस् ।” संयुक्त राष्ट्रसङ्घका मानवतावादी प्रमुख मार्टिन ग्रिफिथले भन्नुभयो ।