३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का



अ+ अ-

सिड्नी । पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गरी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले जनाएको छ ।

एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो ।

स्थानीयले एबीसीलाई बताएअनुसार मृतकको सङ्ख्या १०० भन्दा माथि पुगेको छ । पहिरोमा परी धेरै जनाको मृत्यु भएको तर अहिलेसम्म एकीन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् ।

घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भन्नुभयो, “मानिसहरु राति सुतिरहेको समय पहिरो गएको र पहिरोमा परी सबै गाउ भग्नावशेषमा परिणत भएको छ । पूरै गाउँ नै पहिरोले पुरिएको छ ।”

लारुमाले भन्नुभयो, “मेरो अनुमानमा जमिनमुनि करिब १०० भन्दा बढी मानिस पुरिएका छन् ।