३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पछिल्लो एक दशकमा यी दश एप्लिकेशन सबैभन्दा बढी डाउनलोड भए, हेर्नुहोस् के-के रहेछन् ?

पछिल्लो एक दशकमा यी दश एप्लिकेशन सबैभन्दा बढी डाउनलोड भए, हेर्नुहोस् के-के रहेछन् ?
अ+ अ-

काठमाडौं । हामी सन् २०२० लाई विदाई गरेर २०२१ मा प्रवेश गरिसकेका छौं । २०७७ को पुष १७ गते शुक्रबारबाट नयाँ वर्ष २०२१ को शुरुवात भएको छ । सन् २०१० यता सूचना प्रविधिको क्षेत्रमा निकै विकास भएको पाइएको छ । यो एक दशकमा विश्वले प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ ।

यो दशकमा मानिसहरु टेलिभिजनमा सबैभन्दा बढि रमाएका थिए । यही दशकमा मोवाइल र इन्टरनेटले सबैभन्दा बढि फड्को मार्न सफल भयो । जसका कारण मानिसले टेलिभिजन छाडेर मोवाइल र इन्टरनेटमा बढि समय बिताउन थाले । यस दशकमा मोबाइलको स्वरुपमा पनि परीर्वतन आयो ।  किप्याड मोवाइल अब स्क्रिन टचमा परिवर्तन भए । मोवाइल भित्रै विभिन्न एप्लिकेशन र गेम समावेश भएपछि यसको सबैभन्दा बढि प्रयोग हुन थाल्यो ।

मोबाइल मार्केट डेटा र एनालिटिक्स फर्म ऐप एनीद्वारा गरिएको अध्ययनले पछिल्लो एक दशक यता सबैभन्दा बढी सोसल मिडियाको प्रयोग भएको हो । २०१० को दशकमा इन्टरनेटमा राज गर्ने र सबैभन्दा बढी प्रयोग भएका मोबाइल ऐप्स कुन–कुन हुन् ? पक्कै पनि तपाइहरुलाई जान्न मन भएको होला । यो दशकमा सबैभन्दा धेरै पटक डाउनलोड गरिएका यी रहेका छन् १० एप्लिकेशनहरु:

१) फेसबुक

एनीद्वारा प्रस्तुत रिर्पोट अनुसार सामाजिक सञ्जालमा एकछत्र राज गर्न सफल फेसबुक यस दशकमा सबैभन्दा बढि पटक डाउनलोड गरिएको एप हो । फेसबुकलाई विश्वभरका करीब साढे २ अर्ब मानिसले प्रयोग गरेका छन् ।

२) फेसबुक म्यासेन्जर

विश्वमा सबैभन्दा बढी पटक डाउनलोड गरिएको एपको रिपोर्टमा दोश्रो स्थानमा फेसबुक म्यासेन्जर रहेको छ । सन् २०११ मा आईओएस र एंन्ड्रोइड फोनमा लञ्च भएको फेसबुक म्यासेन्जर यस दशकमा मानिसबीच कुराकानी गराउने इन्टरनेट माध्यमको प्रथम स्थानमा छ ।

३) ह्वाट्सएप म्यासेन्जर

ह्वाट्सएप म्यासेन्जर दशकमा सबैभन्दा बढि डाउनलोड गरीएको एपको तेश्रो स्थानमा छ । इन्टरनेटको सहाराविना म्यासेज सेवा दिने माध्यम बनेका कारण ह्वाट्सएप निकै चर्चित बनेको थियो । यसको स्वामित्व अहिले फेसबुकसँग छ ।

४) इन्स्टाग्राम

इन्स्टाग्राम यस यस दशकमा सबैभन्दा बढी पटक डाउनलोड भएको एप्लिकेशनको चौथो स्थानमा छ । फोटो र भीडियो शेयर गर्ने प्लेटफर्म बनेको इन्स्टाग्राम पनि फेसबुकद्वारा सञ्चालित छ ।

५) स्न्याप च्याट

स्न्याप च्याट स्न २०११ मा लञ्च गरिएको थियो । यो थोरै समयमा नै धेरै मानिसबीच चर्चित भएको थियो । स्न्याप च्याट सबैभन्दा बढी डाउनलोड गरिएको एपको पाचौं स्थानमा छ ।

६) स्काइप

दूरसञ्चार एप्लिकेसन स्काइप भिडियो कलिङ र भ्वाइस च्याटको सेवामा निकै चर्चामा रह्यो । स्काइप दशकको सबैभन्दा बढि डाउनलोड गरिएको एप्लिकेशनको सूचीमा छैठौं स्थानमा छ ।

७) टिकटक

अहिले निकै चर्चित रहेको टिकटक भिडियो शेयरिङ गर्ने एक सोसल नेटवर्किंङ हो । जसको स्वामित्व चीनसँग छ । सन् २०१७ मा लञ्च भएको टिकटक यस दशकमा सबैभन्दा बढि पटक डाउनलोड गरिएको एप्लिकेशनको ७ औं स्थानमा छ ।

८) यूसी ब्राउजर

अलीबाबा ग्रुपद्वारा सञ्चालित, यूसी ब्राउजÞर एक वेब ब्राउजÞर हो । यस दशकमा सबैभन्दा बढी डाउनलोड भएको एप्सिकेशनको श्रेणीमा आठौं स्थानमा रहेको यूसी ब्राउजÞर एसियाको केही देशमा गुगल क्रोमलाई समेत पछि पारेको थियो ।

९) यूट्यूब

सन् २०१० को दशकमा सबैभन्दा बढी पटक डाउनलोड गरिएको एप्सिकेशनको श्रेणीमा ९ औं नम्बरमा रहेको यूट्यूब एक भिडियो शेयरिङ प्लेटफर्म हो । अहिलेका पुस्ताले निकै रुचाएको युट्युबले टेलिभिजनलाई विस्थापित गर्ने सम्भावना समेत देखाएको छ ।

१०) ट्वीटर

दशौं स्थानमा रहेको ट्वीटर सन् २००६ मा लञ्च भएको थियो । विशेषगरी सेलिब्रेटीका बिचमा प्रभाव जमाउन सफल ट्वीटर विचार राख्ने प्लेटफर्मका रुपमा विकसित भएको छ । ट्वीटरमा २ सय ८० शब्द भन्दा बढी लेख्न पाइँदैन । एजेन्सीको सहयोगमा ।