२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

आन्दोलनको बलबाटै ओलीको कुर्सी खोसिन्छ : अष्टलक्ष्मी शाक्य

आन्दोलनको बलबाटै ओलीको कुर्सी खोसिन्छ : अष्टलक्ष्मी शाक्य
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाउनुभएको छ ।  

बुधबार नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–माधव समुहको काठमाण्डौ भेलालाई सम्बोधन गर्दै बागमति प्रदेश इन्चार्ज शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिष्ट मुल्य मान्यता विपरित प्रतिगमन गरेको दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीप्रतिगमनकारी, तनाशाही र स्वेच्छाचारी भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “केपी ओली कमरेड होइन प्रतिगमनकारी हो । तानाशाही हो । स्वेच्छाचारी हो । उहाँले संविधानमाथि धावा बोल्नुभयो । गणतन्त्रमाथि धावा बोल्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको चिरहरण गर्नुभएको छ । उहाँ तानाशाही नेता हो । प्रतिगमनकारी नेता हो । ”

उहाँले केन्द्रीय कमिटीमा आफुहरुसंग बहुमत रहेको दाबी गर्नुभयो । उहाँले केपी ओली कम्युनिष्ट आन्दोलन सकाउने दिशामा अघि बढेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “१४ बर्ष जेल बसेको रे ? तर केपी ओलीमा कम्युनिष्ट चरित्र विरोधी रुपको झल्को दिईरहेको छ । केपी ओलीमा कम्युनिष्ट सोच छैन । आदर्श छैन । मुल्यमान्यता छैन । त्यसैले प्रतिगमनले घुँडा टेक्नुपर्छ । केपी ओली तानाशाहाले घुँडा टेक्नुपर्छ । काठमाण्डौ तात्दै तात्दैन तर तातेपछि सेलाउदैन । कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्याउनका लागि काठमाण्डौको योगदान रहदै आएको छ । यो वृहत भेलाले काठमाण्डौ तातिसकेको मैले महसुस गरेको छु ।अहिले काठमाण्डौ सिंगै आन्दोलनको केन्द्रविन्दु भएको छ । काठमाण्डौबासी तातिसकेकाले प्रतिगमन र तानाशाही केपी ओली विरुद्धको आन्दोलन निर्णायकमा पुग्न समय लाग्दैन । उहाँ अब कुर्सीबाट झर्नै पर्छ । फेरि पनि सडकमा धक्का दिनुपर्ने स्थिति आएको छ ।”

काठमाण्डौवासीहरु निरंकुशतन्त्र, एकात्मक व्यवस्था र राजतन्त्र व्यवस्थामा विश्वास नगर्ने र लोकतन्त्र र गणतन्त्र मन पराउने भन्दै काठमाण्डौ बासीहरु प्रतिगमन नसच्चीएसम्म सेलाएर नबस्ने चेतावनी दिनुभयो ।