५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा जुलाई ४ मा आम निर्वाचन हुने प्रधानमन्त्री ऋषि सुनकको घोषणा



अ+ अ-

एजेन्सी । बेलायतमा जुलाई ४ मा आम निर्वाचन हुँदैछ । प्रधानमन्त्री ऋषि सुनकले बुधबार राति लन्डनको १० डाउनिङ स्ट्रिटबाट यस्तो घोषणा गरेका हुन् ।

उनले बेलायतले आफ्नो भविष्य रोज्ने समय आएको बताए । राजा चार्ल्स तृतीयलाई चुनावको समयरेखाको जानकारी दिए पछि संसद चाँडै भंग हुनेछ । त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

प्रधानमन्त्रीका रुपमा ऋषि सुनक पहिलोपटक निर्वाचनमा मतदातासमक्ष जानेछन् । सत्तारुढ कन्जरभेटिभ पार्टीले २०२२ को चुनावअघि प्रधानमन्त्रीको घोषणा गरेको थिएन । निर्वाचनपछि पार्टीको संसदीय समूहले सुनकलाई नेता चयन गरेको हो । सुनक करिब २०० सांसदको समर्थन पाएपछि उनी प्रधानमन्त्री बने ।

४४ वर्षीय सुनक बेलायतमा भारतीय मूलका पहिलो प्रधानमन्त्री हुन् । उनले अक्टोबर २०२२ मा पदभार ग्रहण गरे । जनवरी २०२५ मा यहाँ आम निर्वाचन हुने सम्भावना थियो । सुनकसँग निर्वाचन घोषणा गर्न डिसेम्बरसम्मको समय थियो तर उनले ७ महिना अगाडि नै घोषणा गरेका छन् ।

२०२२ मा फिक्स्ड टर्म इलेक्शन ऐन खारेज भएपछि बेलायतमा प्रधानमन्त्रीलाई चुनावको मिति तय गर्ने अधिकार प्राप्त भयो । प्रधानमन्त्रीले आफ्नो पार्टीका लागि सबैभन्दा लाभदायक समयलाई मध्यनजर गर्दै निर्वाचनको मिति तय गर्छन् ।

बेलायतमा पनि दुईवटा सदन छन् । यसलाई हाउस अफ लर्ड्स र हाउस अफ कमन्स भनिन्छ । प्रधानमन्त्री वा सरकार छनोटमा हाउस अफ लर्ड्सको कुनै भूमिका हुँदैन ।

प्रधानमन्त्री छान्ने अधिकार तल्लो सदनका सदस्यलाई हुन्छ । हाउस अफ कमन्समा ६५० सदस्य छन् अर्थात् बेलायतमा ६५० निर्वाचन क्षेत्र छन् । प्रत्येक सिटबाट एक जना उम्मेदवार चुनाव जितेर हाउस अफ कमन्समा पुग्छन् ।

सरकार बनाउन कुनै पनि दलले ३ सय २६ सिट जित्नुपर्छ । बहुमत नआएमा धेरै दलले गठबन्धन गरेर सरकार बनाउन सक्छन् । बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभ पार्टी सत्तामा छ ।