• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे ★   लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ ★   ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला ★   गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई ★   शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा ★   वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल ★   दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या ★   टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै ★   जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत ★   प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

बेलायतमा जुलाई ४ मा आम निर्वाचन हुने प्रधानमन्त्री ऋषि सुनकको घोषणा



एजेन्सी । बेलायतमा जुलाई ४ मा आम निर्वाचन हुँदैछ । प्रधानमन्त्री ऋषि सुनकले बुधबार राति लन्डनको १० डाउनिङ स्ट्रिटबाट यस्तो घोषणा गरेका हुन् ।

उनले बेलायतले आफ्नो भविष्य रोज्ने समय आएको बताए । राजा चार्ल्स तृतीयलाई चुनावको समयरेखाको जानकारी दिए पछि संसद चाँडै भंग हुनेछ । त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

प्रधानमन्त्रीका रुपमा ऋषि सुनक पहिलोपटक निर्वाचनमा मतदातासमक्ष जानेछन् । सत्तारुढ कन्जरभेटिभ पार्टीले २०२२ को चुनावअघि प्रधानमन्त्रीको घोषणा गरेको थिएन । निर्वाचनपछि पार्टीको संसदीय समूहले सुनकलाई नेता चयन गरेको हो । सुनक करिब २०० सांसदको समर्थन पाएपछि उनी प्रधानमन्त्री बने ।

४४ वर्षीय सुनक बेलायतमा भारतीय मूलका पहिलो प्रधानमन्त्री हुन् । उनले अक्टोबर २०२२ मा पदभार ग्रहण गरे । जनवरी २०२५ मा यहाँ आम निर्वाचन हुने सम्भावना थियो । सुनकसँग निर्वाचन घोषणा गर्न डिसेम्बरसम्मको समय थियो तर उनले ७ महिना अगाडि नै घोषणा गरेका छन् ।

२०२२ मा फिक्स्ड टर्म इलेक्शन ऐन खारेज भएपछि बेलायतमा प्रधानमन्त्रीलाई चुनावको मिति तय गर्ने अधिकार प्राप्त भयो । प्रधानमन्त्रीले आफ्नो पार्टीका लागि सबैभन्दा लाभदायक समयलाई मध्यनजर गर्दै निर्वाचनको मिति तय गर्छन् ।

बेलायतमा पनि दुईवटा सदन छन् । यसलाई हाउस अफ लर्ड्स र हाउस अफ कमन्स भनिन्छ । प्रधानमन्त्री वा सरकार छनोटमा हाउस अफ लर्ड्सको कुनै भूमिका हुँदैन ।

प्रधानमन्त्री छान्ने अधिकार तल्लो सदनका सदस्यलाई हुन्छ । हाउस अफ कमन्समा ६५० सदस्य छन् अर्थात् बेलायतमा ६५० निर्वाचन क्षेत्र छन् । प्रत्येक सिटबाट एक जना उम्मेदवार चुनाव जितेर हाउस अफ कमन्समा पुग्छन् ।

सरकार बनाउन कुनै पनि दलले ३ सय २६ सिट जित्नुपर्छ । बहुमत नआएमा धेरै दलले गठबन्धन गरेर सरकार बनाउन सक्छन् । बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभ पार्टी सत्तामा छ ।