९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

संञ्चारकर्मी सुनिल कोईरालको गीति संग्रह सार्बजनिक

संञ्चारकर्मी सुनिल कोईरालको  गीति संग्रह सार्बजनिक
अ अ+ अ-

काठमाडौ । झण्डै दुई दशकदेखि संञ्चार क्षेत्रमा क्रियाशिल  सुनिल कोइरालाको गीती संग्रह सुनिल बिमोचन भएको छ । टेलिभिजनकर्मी तथा फिल्म÷म्यूजिक भिडियो निर्देशक भूषण दाहालले सुनिलको बिमोचन गर्नुभएको हो । 
पुस्तकको विमोचन गर्दै  टेलिभिजनकर्मी भूषण दाहालले सुनिलका प्रायः गीतहरु सरल र सुन्दर भएको भएको बताउनुभयो । “प्रविधिले साथ नदिए पनि कतिपय गीतहरु सुनिरहुँ लाग्ने हुन्छन् र मेरो अनुभवमा ती गीतहरु सरल छन् ।” सञ्चारकर्मी दाहालले भन्नुभयो, “सुनिलमा संग्रहीत कतिपय रेकर्ड नभएका गीत अत्याधिक सरल र कालजयी हुने गीतहरु छन् ।”
कार्यक्रमका  फिल्म निर्देशक मनोज पण्डितले गीति संग्रहमा  प्रजातन्त्र प्राप्त भएपछि विकास भएको चेतना स्तरलाई मध्यमवर्गिय परिवारको आँखाबाट आफ्नो भाव व्यक्त गर्न गीतकार सुनिल सफल भएको बताउनु भयो । “सर्जकले देशप्रेम र प्रेमका बिषयमा चर्चा गर्नुभएको छ ।” पण्डितले थोरै आलोचनात्मक हुँदै भन्नुभयो, “आगामी दिनमा लेखकबाट समाजको अँध्यारो पाटो, अफ्ठेरो परिस्थिती र समस्या ग्रस्त जीवनलाई कसरी समाधान दिने भन्ने विषयमा समाजलाई नै धक्का दिनेगरी गीत आउने आशा गरेको छु ।”
संञ्चारकर्मी   सुशिल अर्यालले सुनिल पहिल्यैदेखि सृजनशील भएकोले लामो समयदेखि स्थिर रहेको साहित्यिक यात्रा अब सुरु भएको भन्दै यो यात्रामा निरन्तर रुपमा अघि बढ्ने बिश्वास ब्यक्त गर्नुभयो ।  
म सृजनशील मान्छे मनपराउँछु
मलाई सक्रिय मान्छे पनि औधी मनपर्छ 
पत्रकारितामा सृजनशीलता र साहित्यमा सरलताको
अभ्यास गर्दै म सबैमा सुनिल बन्न चाहान्छु ।
पुस्तकको भूमिकामा यी पंक्ती बाहेक केही लेख्न नचाहानुभएका सुनिल कोइरालाले आफ्नो साहित्य यात्राका विषयमा बताउँदै पुस्तक प्रकाशनमा अग्रज कबि स्व. रत्न शमसेर थापा, राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरे, संगीतकार अम्बर गुरुङ्ग, गीतकार कृष्णहरी बराल, गायक योगेश बैद्यका साथै थुप्रै अग्रज र अनुजहरुबाट सउत्प्रेरणा प्राप्त गरी पुस्तक प्रकाशन संभव भएको बताउनुभयो । “मलाई यहाँसम्म आउन धेरैको उत्प्रेरणा छ र आजको यो क्षणले मलाई निरन्तर कलम चलाउन थप उत्प्रेरित गरेको, गीतकार कोइरालाको भनाई छ । ९९ गीतहरुको संग्रह रहेको गीति संग्रह स्कुल अफ लिडर्स प्रा.लि.ले प्रकाशन गरेको हो ।