१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न

गाजामा हवाई आक्रमण: दुई हमास नेतासहित पाँच लडाकूको मृत्यु

गाजामा हवाई आक्रमण: दुई हमास नेतासहित पाँच लडाकूको मृत्यु
अ अ+ अ-

तेल अभिभ । हमासको ट्याङ्क प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् ।

उहाँले गाजा युद्धमा इजरायली रक्षा बल (आईडीएफ) विरुद्ध आक्रमण र आतङ्कवादी षड्यन्त्रको नेतृत्व गर्नुभएको थियो । इजरायलको आतङ्कवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र गाजा डिभिजनका सूचना प्रणाली प्रमुख फदी सलिमसहित पाँच हमास लडाकू मारिएका छन् ।

लक्ष्य निर्देशित गर्न सकिने र अधिक विस्फोटक शक्ति भएकाले एन्टी–ट्याङ्क मिसाइलहरू आईडीएफ एकाइहरूका लागि रकेटभन्दा बढी खतरनाक हुन्छन् ।

यसबाहेक, इजरायली वायु सेनाका लडाकु विमानहरूले आईडीएफ दक्षिणी कमान्ड र इन्टेलिजेन्स विङको निर्देशनमा उत्तरी गाजा पट्टीको डार्ज टफाह क्षेत्रको फाहमी अल्जेरजावई विद्यालय परिसरबाट सञ्चालन गरिरहेका पाँच हमासलाई मारेका थिए ।

गाजाको जनसङ्ख्यालाई आफ्नो अनुकुल प्रयोग गर्दा हमासले नागरिकहरूलाई सुरक्षा कवचका रूपमा प्रयोग गरेको र खान युनुसको कारबाहीमा हमास नेताको मृत्यु हुनुले यसलाई पुष्टि गरेको आईडीएफले जनाएको छ ।