• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



file photo

वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद थप अनुमति दिएको हो ।

न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि तीन दिन थुनामा राख्न अनुमति दिएका हुन् ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा जिल्ला अदालतको आदेशसँगै सिरोहिया मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका थिए ।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै छानबिन गर्न प्रहरीमा जाहेरी परेको थियो ।