२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती गुल्मीमा ३८ जातका कफीको परीक्षण कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीमाथि खतरा ? आरसीबीको अभ्यास रद्द



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को एलिमिनेटर खेल बुधबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच अहमदाबादमा हुँदैछ । आरसीबीले यो खेलअघि अभ्यास रद्द गरेको छ ।

एक रिपोर्टका अनुसार विराट कोहली खतरामा छन् । जसका कारण उनको सुरक्षालाई ध्यानमा राख्दै अभ्याससँगै पत्रकार सम्मेलन पनि रद्द गरिएको हो । यद्यपी यस सम्बन्धमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन ।

बुधबार साँझ राजस्थान र बैंगलोरबीचको खेल हुँदैछ । यो खेलअघि आरसीबीले अभ्यास सत्र रद्द गरेको थियो । यससँगै दुवै टोलीले पत्रकार सम्मेलन पनि रद्द गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार गुजरात प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । उनीहरु आतंकवादी भएको प्रहरीले आशंका गरेको छ । कोहलीमाथि खतराको छाया परेको छ । कोहलीको सुरक्षालाई ध्यानमा राख्दै अभ्यास रद्द गरिएको हो ।

आईपीएलमा हालको फर्मको कुरा गर्दा राजस्थान र बैंगलोर एकअर्काका पूर्ण विपरित छन् । आरसीबीले अन्तिम ६ खेल जितेको छ भने राजस्थानले अन्तिम ६ खेलमध्ये एउटा मात्र जितेको छ। चार खेलमा हार बेहोरेको थियो भने एक खेल अनिर्णित रह्यो ।

यी दुईबीच हालसम्म ३१ खेल भइसकेका छन् । जसमध्ये बैंगलोरले १५ र आरआरले १३ खेल जितेको छ । तीन खेलमा नतिजा आउन सकेन । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पनि दुवै टोली दुई पटक भिडेका छन् । एक खेल राजस्थान र एक खेल बैंगलोरले जितेको छ ।

सन् २०२० देखि बैंगलोरको टोली राजस्थानमाथि दबदबा कायम राख्दै आएको छ । यस अवधिमा आरसीबीले सात खेल जितेको छ भने आरआरले तीन खेल जितेको छ । नकआउट राउण्डमा दुवै टोलीको कीर्तिमानको कुरा गर्दा आरसीबीले ६ खेलमा जित र ९ हार बेहोरेको छ भने राजस्थानले नकआउट चरणमा चार खेल जितेको छ भने पाँचमा हार बेहोरेको छ ।