२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाश सिरोहिया पक्राउप्रति नेपाल मिडिया सोसाइटीको बिरोध



अ+ अ-

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति नेपाल मिडिया सोसाइटीले बिरोध जनाएको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै नेपाल मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई सरकारले पक्राउ गरेको भन्दै बिरोध जनाएको हो ।

सिरोहियालाई नागरिकता किर्तेको आरोपमा मंगलवार प्रहरीले पक्राउ गरी धनुषा पुर्‍याएको थियो । सोही विषयमा मिडिया सोसाइटीले पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सिरोहियाको रिहाइ नभएसम्म सोसाइटीले निरन्तर संघर्ष गर्ने बताउनु भयो । उहाँले आफूहरुले बोलेर र लेखेर संघर्ष गर्ने भन्दै मिडियालाई बचाउनका लागि संघर्षमा उत्रेको बताउनु भयो । उहाँले सिरोहियालाई पक्राउ गरेर मिडियालाई तर्साउन खोजिएको बताउनु भयो । अध्यक्ष कँडेलले सरकारले मिडियामाथि अधिनायकवादी तरिका अपनाएको र मिडियाको मुख बन्द गराउने खतरनाक प्रवृत्ति शुरु भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जहाँ जहाँ तानाशाही प्रकारको शासन व्यवस्था लाद्न चाहन्छन् । चुनाव जितेका हुन् । पार्टी बनाएका हुन् । संविधानमा लोकतान्त्रिक भनिएको होस् । तिनीहरुले गर्ने भनेको यस्तै अधिनायकवादी बाटो, निरंकुशताको बाटो हुँदोरहेछ । त्यसकारण नेपालमा अहिले खतरा के हो भने यो नयाँ खालको अधिनायकवादी तरिका मिडिया ओनरलाई तर्साएर मिडियालाई आफ्नो बशमा राख्छु । वा मिडियाको मुख बन्द गराउँछु भन्ने नयाँ खतरनाक प्रवृत्ति शुरु भएको छ । अर्को हाम्रो माग छ, यो पहिलो र अन्तिम होस् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भन्न चाहन्छु, यो पहिलो र अन्तिम होस् । प्रधानमन्त्री प्रचण्ड र सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नागरिकतामा पनि कतै कुनै विवरण बदल्नु भएको छ कि ? मलाई शंका छ ।’

‘आजकाल उहाँहरुको नागरिकता हाम्रो जस्तै कागजमा आउँछ । प्रतिलिपि निकालेको बोक्नु भएको छ । प्रतिलिपि निकाल्नुभन्दा पहिला त कैलाश सिरोहियाको जस्तै नेपाली कागजमै थियो होला । नेपाली कागजमा भएको नाम, थर, जिल्ला, उमेर, मितिको बारेमा नेपाल मिडिया सोसाइटीलाई पनि गम्भीर शंका छ । सबै पत्रकार साथीहरुलाई एकचोटी प्रधानमन्त्रीको र पूर्वप्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालको नागरिकताको विवरण पक्कैपनि फरक पर्‍यो होला कि ? बदलिएको छ कि ? त्यसबारेमा हामीले एकपटक खोजौँ । कैलाश सिरोहियाको रिहाइ नभएसम्म र उहाँमाथिको गिरफ्तारीको विरुद्ध निरन्तर संघर्षरत छौँ । मिडिया संघर्षरत भनेको हामी बोलेर हो । लेखेर हो । हाम्रो बोली र लेखाइ नै सबभन्दा ठुलो बल हो । हामीले बोल्ने र लेख्ने भनेको कैलाश सिरोहियाको माया लागेर नभएर कैलाश सिरोहिया बच्नुपर्छ । अन्य मिडियाजस्तै ऊ पनि बच्दाखेरी मात्रै नागरिकको आवाजलाई जनतासम्म पुर्‍याउन बल मिल्छ । र यसलाई अझ बलियो बनाउनुपर्छ भन्ने हदमा मात्र हामीले यसको बारेमा विरोध गरेका हौँ । संघर्षमा आएका हौँ ।’

अध्यक्ष कँडेलले पूर्वप्रधानमन्त्रीहरुको समेत नागरिकताको प्रतिलिपि लिँदा विवरण फरक परेको हुनसक्ने भन्दै त्यसबारे पनि खोज्नुपर्ने बताउनु भयो ।




भर्खरै