६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरोहिया पक्राउबारे प्रधानमन्त्री: अदालती प्रक्रियामा हो–हल्ला गर्न जरुरी छैन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् ।

‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले । यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन ।’

त्यसपछि सञ्चारकर्मीको ‘सरकारले रिसिबी साध्यो भन्ने आरोप छ नि ?’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘त्यो गलत कुरा हो । उहाँसँग केके रिसिबी ?’

गृहमन्त्री व्यक्तिगत रूपमै आउनुभयो भन्ने छ नि ? भन्ने जिज्ञासामा उनले भने, त्यो मान्छेले भन्ने कुरा हो । यो अब अदालती प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ, यो हल नै भइहाछ ।’

नागरिकता कीर्ते सम्बन्धी कसुरमा जिल्ला अदालतको आदेशसँगै सिरोहिया मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका थिए । सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै छानबिन गर्न प्रहरीमा जाहेरी परेको थियो ।