१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा



अ+ अ-

काठमाडौँ । कोलकाता नाइट राइडर्स (केकेआर) आईपीएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा केकेआरले सनराइजर्स हैदरावाद (एसआरएच) लाई ८ विकेटले पराजित गरेको हो ।

कोलकाता चौथो पटक यस लिगको फाइनलमा पुगेको छ । यसअघि टोली २०२१ मा फाइनल पुगेको थियो । योसँगै हैदराबाद दोस्रो पटक क्वालिफायर १ मा पराजित भएको छ ।

यद्यपि, सनराइजर्ससँग क्वालिफायर–२ जितेर फाइनल पुग्ने सम्भावना अझै बाँकी छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदरावाद १९.३ ओभरमा १५९ रनमा अलआउट भयो ।

जवाफमा कोलकाताले १३.४ ओभरमा २ विकेटमा जित हात पारेको थियो । श्रेयस अय्यरले ट्राभिस हेडको ओभरमा लगातार ४ चौका प्रहार गर्दै टोलीलाई जित दिलाए । उनले ३ छक्का र १ चौका प्रहार गरे । खेलको प्लेयर अफ द म्याच मिचेल स्टार्क भए । उनले ३४ रनमा ३ विकेट लिए ।

हैदराबादको तर्फबाट राहुल त्रिपाठीले ५५ रनको इनिङ खेले । उनी टिमका लागि अर्धशतक बनाउने एक मात्र ब्याट्सम्यान थिए । उनका अलावा हेनरिक क्लासेनले ३२ र प्याट कमिन्सले ३० रन बनाए । मिचेल स्टार्कले ३ विकेट लिए । वरुण चक्रवर्तीले २ विकेट लिए । वैभव अरोडा, हर्षित राणा, सुनील नारायण र आन्द्रे रसेलले एक–एक सफलता हात पारे ।

रनको लक्ष्यमा कोलकाताका कप्तान श्रेयस अय्यरले २४ बलमा अविजित ५८ रन बनाए भने भेङ्कटेश अय्यरले २८ बलमा अविजित ५१ रन बनाए । यी दुईबीच ४४ बलमा ९७ रनको साझेदारी भयो । हैदराबादका प्याट कमिन्स र टी. नटराजनले एक–एक विकेट लिए ।