• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   संसद बैठकमै माननीयज्युहरु घ्वाँरघ्वाँर निदाउनुहुन्छ: उपसभामुख राना ★   संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो: सभामुख घिमिरे ★   प्रचण्ड र ओलीबीचको वार्तामा रवि पनि थपिए ★   लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ ★   ‘कतिबेला बास उठ्ने हो थाहा छैन’ ★   पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल ★   नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते ★   ‘मीरा: स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै ★   टी–२० विश्वकप २०२४ मा कसले कुन अर्वाड पाए ? ★   पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ। नागरिकता कीर्ते आरोपमा पक्राउ पर्नुभएका सिरोहियालाई धनुषा लगिएको प्रहरीले जनाएको छ ।

सिरोहियालाई आज प्रहरीले कार्यालयबाटै पक्राउ गरेको थियो । नागरिकता कीर्ते आरोपमा धनुषा प्रहरीमा सिरोहियाविरूद्व उजुरी परेको छ ।

सिरोहियाविरूद्व जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाले विभिन्न कम्पनी दर्ता गर्न छुट्टाछुट्टै नागरिकता नम्बर प्रयोग गरेको पाइएको छ ।