९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय

रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय
अ अ+ अ-

मस्को । रुसको एक अदालतले मङ्गलबार ७७ वर्षीय एक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय सुनाएको छ । उहाँमाथि जर्मनीसँग रुसको हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी गोप्य डाटा साझा गरेको आरोप लगाइएको थियो ।

हालैका वर्षहरूमा हाइपरसोनिक्समा अनुसन्धानमा संलग्न धेरै प्रमुख वैज्ञानिकहरू मुलुकको गोप्य कुरा विदेशी मुलुकलाई साझा गरेको आरोपमा पक्राउ परेका छन् र कारागार पुगेका छन् ।

सेन्ट पिटसबर्गको एक अदालतले भौतिक वैज्ञानिक अनातोली मास्लोभलाई देशद्रोहको दोषी पाएको र १४ वर्षको कारागार सजाय सुनाएको सहरका अदालतको प्रेस सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा बताएको छ । अदालतले मुद्दालाई ‘अति गोपनीय’ श्रेणीमा राखिएकाले मुद्दाको सुनुवाइ बन्द सत्रमा गरिएको बताएको छ ।

तथापि रुसी मिडिया आउटलेटहरूले मास्लोभमाथि रुसको हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित गोप्य डाटा जर्मन गुप्तचरलाई दिएको आरोप लगाइएको बताएका छन् । मास्लोभले गत साता सजाय सुनाउनुअघि अदालती सुनुवाइमा आरोपहरूलाई अस्वीकार गर्नुभएको थियो ।

“उहाँले आफूले कुनै पनि गल्ती वा गैरकानूनी काम नगरेको बताउनुभयो, आफ्नो जीवन परिवार र घरेलु विज्ञानका लागि समर्पित गरेको बताउनुभयो, कथित जानकारी हस्तान्तरण नगरेको र यो कुनै राजकीय गोप्य नभएको बताउनुभयो”, मास्लोभका वकिललाई उद्धृत गर्दै सरकारी टिएएसएस समाचार एजेन्सीले भनेको छ ।

सन् २०२२ जुनमा पक्राउ पर्नुभएका मास्लोभ हाइपरसोनिक्समा अनुसन्धानमा विशेषज्ञ हुनुहुन्छ । हाइपरसोनिक्स रुसको उन्नत क्षेप्यास्त्र कार्यक्रमका लागि महत्त्वपूर्ण अनुप्रयोगहरू भएको सैद्धान्तिक क्षेत्र हो । उहाँ रुसको विज्ञान एकेडेमीको साइबेरिया शाखाको सैद्धान्तिक तथा एप्लाइड मेकानिक्स इन्स्टिच्युटमा मुख्य शोधकर्ता हुनुहुन्थ्यो ।

मास्लोभले काम गर्नुभएको नोभोसिबिर्स्कका प्रमुखसहित कम्तीमा तीन अन्य वैज्ञानिकलाई सन् २०२२ देखि देशद्रोहको विभिन्न आरोपमा पक्राउ गरिएको छ ।

मङ्गलबार अदालतभित्रको भिडियोमा ट्यान ज्याकेट, गुलाबी सर्ट र जिन्स लगाउनुभएका मास्लोभ प्रतिवादीहरूका लागि काँचको कठघरामा उभिनुभएको थियो । उहाँका वकिलहरूले लामो कारागार सजाय अनिवार्यरूपमा मृत्युदण्डको सजाय भएको बताउनुभयो ।

वकिलहरूले कोमर्सेन्ट दैनिकलाई यस वर्षको प्रारम्भमा पूर्व–परीक्षण हिरासतमा मास्लोभलाई हृदयाघात भएको र उहाँले आफूलाई उपलब्ध गराइएको कमजोर चिकित्सा हेरचाहको गुनासो गर्नुभएको बताउनुभयो ।

उहाँहरूले मास्लोभविरुद्ध प्रयोग गरिएका धेरै प्रमाणमा पहुँच नभएका कारण देशद्रोह र जासुसी मामिलामा रुसी अभियोजक तथा न्यायाधीशरूको साझा दृष्टिकोणसहित यसलाई शीर्ष गोप्यरूपमा वर्गीकृत गरिएको बताउनुभयो ।