२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक सम्पत्ति विवरण अनुसार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरणमा एक करोड बढीको शेयरमा लगानी रहेको देखिएको छ ।

श्रेष्ठको नाममा विभिन्न कम्पनीको १५ हजारभन्दा धेरै कित्ताको मूल्य एक करोड ९ लाख बराबरको शेयर रहेको उल्लेख छ । त्यस्तै, उनको अचल सम्पत्तिमा १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।

मन्त्री श्रेष्ठको विभिन्न आठ वटा बैंकमा ८३ लाख ७२ हजार ७५४ रुपैयाँ बचत रहेको विवरणमा देखिएको छ । श्रेष्ठले सो रकम स्वआर्जन भएको उल्लेख गरेका छन् ।

उनीसँग ८५ लाखको टोयटाको ल्याण्ड क्रुजर र १९ लाख ७५ हजारको एमजी विद्युतीय गाडी रहेको जनाएका छन् भने एउटा ३ लाख ६४ हजारको स्कुटर रहेको छ ।

यस्तो छ पूर्ण विवरणः

birajbhakta-shrestha