१६ श्रावण २०८३, शनिबार
,
Latest
प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक सम्पत्ति विवरण अनुसार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरणमा एक करोड बढीको शेयरमा लगानी रहेको देखिएको छ ।

श्रेष्ठको नाममा विभिन्न कम्पनीको १५ हजारभन्दा धेरै कित्ताको मूल्य एक करोड ९ लाख बराबरको शेयर रहेको उल्लेख छ । त्यस्तै, उनको अचल सम्पत्तिमा १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।

मन्त्री श्रेष्ठको विभिन्न आठ वटा बैंकमा ८३ लाख ७२ हजार ७५४ रुपैयाँ बचत रहेको विवरणमा देखिएको छ । श्रेष्ठले सो रकम स्वआर्जन भएको उल्लेख गरेका छन् ।

उनीसँग ८५ लाखको टोयटाको ल्याण्ड क्रुजर र १९ लाख ७५ हजारको एमजी विद्युतीय गाडी रहेको जनाएका छन् भने एउटा ३ लाख ६४ हजारको स्कुटर रहेको छ ।

यस्तो छ पूर्ण विवरणः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/05/birajbhakta-shrestha.pdf”]