९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सगरमाथा दाबीबारे  ‘जी न्यूज’ले माफी माग्यो

सगरमाथा दाबीबारे  ‘जी न्यूज’ले माफी माग्यो
अ अ+ अ-

काठमाडौं । भारतीय न्यूज च्यानल ‘जी न्यूज’ले सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएकोमा माफी मागेको छ। जी न्यूजका सम्पादक सुधीर चौधरीले सञ्चालन गरेको बुधबार रातिको डीएनए टेस्ट कार्यक्रममा मंगलबारको गल्तिप्रति माफी मागिएको हो।

चौधरीले कार्यक्रममा भनेका छन्, ‘सगरमाथा नेपालकै हो । यसलाई कसैले लिन सक्दैन।’ आफूहरुले नामको विषयमामात्र अभियान चलाएको उनको भनाइ छ । उनले नेपालीको भावनामा ठेस पुर्‍याउनु आफ्नो आशय नरहेको भन्दै आफ्नो अभिव्यक्तिले भारत र नेपालको नागरिक बीचको सम्बन्धमा असर नपुर्‍याउने बताएका छन् ।

साथै उनले भारत र नेपालमा जुन सरकार भए पनि राजनीति हुँदै गर्छ भन्दै त्यसले दुई देश बीच सम्बन्धमा समस्या नहुने बताएका छन्। चौधरीले यसअघि नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि पनि नेपालप्रति आपत्तिजनक टिप्पणी गरेका थिए।

त्यतिबेला पनि विरोध हुँदा माफी मागेका थिए। चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन नेपाल आएको बेला सगरमाथाको आधारशिविरसम्म एक रिपोर्ट बनाएका थिए। त्यसमा सगरमाथामाथि आपत्तिजनक दावी गरेका थिए।