१४ श्रावण २०८३, बिहीबार
,
Latest
फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ?



अ+ अ-

एजेन्सी । दिनेश कार्तिक आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दैछन् । कार्तिकले सिजनको सुरुवातमा केही उत्कृष्ट इनिङ्स खेलेका थिए । सनराइजर्स हैदरावादविरुद्ध खेलिएको प्रतियोगिताको ३०औं खेलमा कार्तिकले ३५ बलमा ८३ रनको इनिङ खेलेका थिए ।

तर यी सबैको बीचमा तपाईले एउटा कुरा याद गर्नुभएको होला कि दिनेश कार्तिकले अन्य ब्याट्सम्यानको तुलनामा फरक किसिमको हेल्मेट प्रयोग गर्छन् । उनले किन यस्तो गर्छन् ?

कार्तिकले ब्याटिङ र विकेटकिपिङ गर्दा प्रयोग गर्ने हेल्मेटको डिजाइन फरक छ । कार्तिकले प्रयोग गर्ने प्रकारको हेल्मेटलाई ‘माइन्ड २.० हेल्मेट’ भनिन्छ ।

यो प्रकारको हेल्मेट कुमार संगकारा र राहुल त्रिपाठीजस्ता ब्याट्सम्यानले पनि प्रयोग गर्ने गरेका छन् । यो हेल्मेट प्रयोग गर्नुको सबैभन्दा ठूलो कारण यसको हल्का वजन हो । जबकि अन्य सामान्य हेलमेटको तौल १ देखि १.२५ केजी सम्म हुन्छ ।

अर्कोतर्फ ‘माइन्ड २.० हेल्मेट’ को तौल करिब ८०० ग्राम छ । हल्का तौलका कारण खेलाडीहरूले यो हेल्मेट लगाएर राम्रो मुभमेन्ट गर्न सक्छन् । तौलजस्तै, यी हेल्मेटको मूल्य पनि कम छ । यी कारणहरूले गर्दा खेलाडीहरूले ‘माइन्ड २.० हेल्मेट’ प्रयोग गर्छन् । दिनेश कार्तिक लामो समयदेखि यस प्रकारको हेल्मेट प्रयोग गर्दै आएका छन् ।

हालको सिजन अर्थात आईपीएल २०२४ मा कार्तिकको ब्याटबाट केही उत्कृष्ट इनिङ्स देखिएका छन् । कार्तिकले १४ खेलमा ३९.३८ को औसत र १९५.६५ को स्ट्राइक रेटमा ३१५ रन बनाएका छन् । यस अवधिमा उनले २ अर्धशतक बनाएका छन् । कार्तिकले २६ चौका र २२ छक्का प्रहार गरे ।

कार्तिकले बैंगलोरका लागि तल्लो क्रममा फिनिशरको भूमिका निर्वाह गरेका छन् । चेन्नई सुपर किंग्स विरुद्धको अन्तिम लिग खेलमा कार्तिकले ६ बलमा १४ रनको छोटो तर महत्वपूर्ण इनिङ खेले ।