२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ?



अ+ अ-

एजेन्सी । दिनेश कार्तिक आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दैछन् । कार्तिकले सिजनको सुरुवातमा केही उत्कृष्ट इनिङ्स खेलेका थिए । सनराइजर्स हैदरावादविरुद्ध खेलिएको प्रतियोगिताको ३०औं खेलमा कार्तिकले ३५ बलमा ८३ रनको इनिङ खेलेका थिए ।

तर यी सबैको बीचमा तपाईले एउटा कुरा याद गर्नुभएको होला कि दिनेश कार्तिकले अन्य ब्याट्सम्यानको तुलनामा फरक किसिमको हेल्मेट प्रयोग गर्छन् । उनले किन यस्तो गर्छन् ?

कार्तिकले ब्याटिङ र विकेटकिपिङ गर्दा प्रयोग गर्ने हेल्मेटको डिजाइन फरक छ । कार्तिकले प्रयोग गर्ने प्रकारको हेल्मेटलाई ‘माइन्ड २.० हेल्मेट’ भनिन्छ ।

यो प्रकारको हेल्मेट कुमार संगकारा र राहुल त्रिपाठीजस्ता ब्याट्सम्यानले पनि प्रयोग गर्ने गरेका छन् । यो हेल्मेट प्रयोग गर्नुको सबैभन्दा ठूलो कारण यसको हल्का वजन हो । जबकि अन्य सामान्य हेलमेटको तौल १ देखि १.२५ केजी सम्म हुन्छ ।

अर्कोतर्फ ‘माइन्ड २.० हेल्मेट’ को तौल करिब ८०० ग्राम छ । हल्का तौलका कारण खेलाडीहरूले यो हेल्मेट लगाएर राम्रो मुभमेन्ट गर्न सक्छन् । तौलजस्तै, यी हेल्मेटको मूल्य पनि कम छ । यी कारणहरूले गर्दा खेलाडीहरूले ‘माइन्ड २.० हेल्मेट’ प्रयोग गर्छन् । दिनेश कार्तिक लामो समयदेखि यस प्रकारको हेल्मेट प्रयोग गर्दै आएका छन् ।

हालको सिजन अर्थात आईपीएल २०२४ मा कार्तिकको ब्याटबाट केही उत्कृष्ट इनिङ्स देखिएका छन् । कार्तिकले १४ खेलमा ३९.३८ को औसत र १९५.६५ को स्ट्राइक रेटमा ३१५ रन बनाएका छन् । यस अवधिमा उनले २ अर्धशतक बनाएका छन् । कार्तिकले २६ चौका र २२ छक्का प्रहार गरे ।

कार्तिकले बैंगलोरका लागि तल्लो क्रममा फिनिशरको भूमिका निर्वाह गरेका छन् । चेन्नई सुपर किंग्स विरुद्धको अन्तिम लिग खेलमा कार्तिकले ६ बलमा १४ रनको छोटो तर महत्वपूर्ण इनिङ खेले ।