• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

उपेन्द्र यादवको दुवै रिट पेशीमा



फाइल फोटो

काठमाडौँ । जनता समाजवादीका पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेका दुई थान रिट निवेदनमा मंगलवार पेशी तोकिएको छ ।

यादवले दल विभाजन र विभाजनपछि बनेको दलका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न भनेर दुईओटा रिट दायर गरेका थिए ।

दल विभाजन विरुद्ध दायर भएको रिटको पेशी न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको इजलासमा तोकिएको छ। २५ नम्बरमा परेको उक्त पेशीको आज सुनुवाइ हुने सम्भावना न्यून रहेको छ । दल विभाजनको मुद्दामा यादवले निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

त्यस्तै, यादवको दोस्रो रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको एक इजलासमा पेशी तोकिएको छ । यादवले दल विभाजन गराउँदै नयाँ पार्टी निर्माण गरेका अशोक राईसहितका ७ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नमिल्ने भनी रिट दायर गरेका थिए । यो मुद्दाको पेशी दोस्रो नम्बरमा रहेको छ।