![](https://newspolar.com/wp-content/uploads/2024/05/Bom-Kaji-Sherpali-4.jpg)
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. १० का युवा बमकाजी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
खानी खोला गाउँपालिकाका लेखा अधिकृत शेर्पा जेठ ६ गते बिहान ५ बजेर ५७ मिनेट जाँदा सर्वोच्च शिखर सगरमाथामा पुगेका हुन् ।
सरकारी कर्मचारी भए पनि उनी सगरमाथा शिखर चढ्न गएका थिए । सगरमाथा आरोहणका लागि खानीखोला गाउँपालिकाका अध्यक्ष इनद्रबहादुर थिङले उपयुक्त वातावरण सिर्जना गरिदिएका थिए ।