१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. १० का युवा बमकाजी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

खानी खोला गाउँपालिकाका लेखा अधिकृत शेर्पा जेठ ६ गते बिहान ५ बजेर ५७ मिनेट जाँदा सर्वोच्च शिखर सगरमाथामा पुगेका हुन् ।

सरकारी कर्मचारी भए पनि उनी सगरमाथा शिखर चढ्न गएका थिए । सगरमाथा आरोहणका लागि खानीखोला गाउँपालिकाका अध्यक्ष इनद्रबहादुर थिङले उपयुक्त वातावरण सिर्जना गरिदिएका थिए ।