६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघेसङ्क्रान्तिमा जुधे ३५ हल गोरु



अ+ अ-

नुवाकोट । जिल्लाका विभिन्न स्थानमा यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्तिमा गोरु जुधाउने मेलालाई पछिल्लो समय व्यवस्थित रुपमा  जिल्लाका विभिन्न स्थानमा जुधाउन थालिएको छ । 


तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन भएको छ । पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको आयोजकले जनाएका छन् । 
सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालित गोरु जुधाइ हेर्न तारुकाका हजारौँ दर्शक गोरु  पुगेका थिए । 
गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलनलाई व्यवस्थित गर्दै २०६२ सालदेखि व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर –३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो । 
विदुर–१० बेत्रावतीमा यस वर्ष वरपरका पाँच हल मात्र गोरु जुधाइएको गोसार्इँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले बताउनुभयो । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै गोरु जुधाइएको उहाँको भनाइ छ । 
यस्तै पञ्चकन्या–३ घलेगाउँमा पाँच हल गोरु जुधाइएको आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले बताउनुभयो । विजेता तथा सहभागी गोधनीलाई रु १५, १० र पाँच हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । पञ्चकन्यामा पछिल्लो पाँच वर्षदेखि गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ । 
यस्तै तीन वर्षअघिदेखि गोरु जुधाउन थालिएको शिवपुरी गाउँपालिका–५, शेराबगरमा यस वर्ष तीन हल गोरु जुधाइएको आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिनुभयो ।–रासस