६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रवारको मौसम पुर्वानुमान: वर्षा र हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली  रहेको छ ।देशका तराईका भू-भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

देशको विभिन्न भू-भागमा  तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

शुक्रबार  प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।