१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध अस्ट्रेलियाको मध्यम प्रदर्शन, श्रीलंकाको खराब प्रदर्शन जारी



अ+ अ-

ब्रिसबेनः अस्ट्रेलियाको ब्रिसबेनमा अस्ट्रेलिया र भारतबीच शुक्रबारदेखि चौथो तथा अन्तिम टेस्ट क्रिकेट खेल शुरु भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले महत्वपूर्ण तीन विकेट गुमाएर ४९ ओभरमा १२८ रन बनाएको छ । पहिलो दिनको मौसम सफा रहेकाले खेल जारी छ ।
अस्ट्रेलियाले डेभिड वार्नर (१), मार्कस ह्यारिस (५) र खतरनाक फर्ममा फर्किरहेका स्टिभेन स्मिथ (३६) रनमा गुमाएको छ ।

भारतका लागि मोहम्मद सिराज, शार्दुल ठाकुर र वासिङटन सुन्दरले एकएक विकेट लिएका छन् ।

क्रिजमा मार्नस लाबुसान ५५ तथा म्याथु वेड १९ रन बनाएर खेलिरहेका छन् ।

 

इङल्यान्ड–श्रीलंका क्रिकेट
इङल्यान्ड र श्रीलंका बीच श्रीलंकाको गालेमा जारी टेस्ट क्रिकेटमा श्रीलंका ठूलो दबाबमा परेको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाली टोली १३५ रनमै समेटिएपछि इङल्यान्डका सामु खेल जित्ने मौका बनेको छ ।

श्रीलंकाको टोलीले पहिलो दिन ४६.१ ओभरमै सबै विकेट गुमाएको थियो । इङल्यान्डका लागि डम बेसले ५ विकेट लिएका थिए भने स्टुआर्ट बोर्डले ३ र ज्याक लिचले १ विकेट लिएका थिए । एक विकेट रनआउटको रुपमा प्राप्त भएको थियो ।

पहिलो दिन नै पहिलो इनिङ शुरु गरेको इङल्यान्डले प्रभावशाली खेल प्रदर्शन गरेको छ । इङल्यान्डले २ विकेट गुमाएर १२७ रन बनाइसकेको छ । इङल्यान्डले पनि प्रारम्भिक ब्याट्सम्यान डम सिब्ले र जाक क्रलीलाई सस्तैमा गुमाएको थियो ।

तर त्यसपछि जोनी बेयरस्टोले ४७ र जो रुटले ६६ रन बनाएर टिमलाई सम्हालेका छन् । उनीहरु दुबै नटआउट खेलिरहेका छन् ।