१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमै विनोदले बनाए शतक



अ+ अ-

काठमाडौं । शुक्रबार त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमै त्रिभुवन आर्मीका विनोद भण्डारीले शतक बनाएका छन् । आर्मीका कप्तान विनोदले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन् ।

प्रधानमन्त्री कपको नवौं शतकमा ७२ बलको सामना गरेका उनले ९ चौका र ५ छक्का प्रहार गर्दै सतक पुरा गरेका हुन । आर्मीका खेलाडीको दोस्रो शतक हो । आर्मीका सागर पुनले २०१८ मा शतक बनाएका थिए ।