११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा लोडसेडिङ मैले हटाएँ, जस भने अरुले लिए : ऊर्जामन्त्री रायमाझी



अ+ अ-

बुटवल । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले मुलुकमा लोडसेडिङ अन्त्य आफुले गरेको बताएका छन् । शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले मुलुकमा लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेपनि सरकार ढलेका कारण जस भने अर्कैले लिएको बताएका हुन् । 

‘उर्जा संकट हटाउन ९९ बुंदे कार्ययोजना मैले तयार गरेको हुँ, कुलमान घिसिडलाई मैले नै राखेको हुँ,’ मन्त्री रायमाझीले भनेका छन्, ‘तर सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लियो ।’

उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छिटो निर्णयमा पुग्नुपर्नेमा बताएका छन् । 

रायमाझीले एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारे । ‘एमसीसी लागू गरौं या खारेज गरौं, तर अब अलमलको अवस्थामा बस्नु हुँदैन,’ उनले भने, ‘म घनिभूत छलफल गरिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’

यस्तै नेकपाभित्रकै विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए । प्रधानमन्त्रीले अस्थिरताको विकल्पका रुपमा चुनाव रोजेको भन्दै अब सबै दल चुनावमा होमिनुपर्नेमा जोड दिए ।