५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु



अ+ अ-

सुरुङ्गा । नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गर्नुभयो ।

कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धमेन्द्र झा,नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम ,नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलगायतसहित महासङ्का १४ वटा जिल्ला अध्यक्ष तथा प्रतिनिधि पनि सरिक हुनुहुन्छ ।

सम्मेलनमा सङ्घीयतामा सञ्चार नीति, नियत र नियति, ‘डिजिटल’ पत्रकारिता अवसर र चुनौती , पत्रकारिता र विज्ञापनका विषयमा सघन छलफल हुने नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताउनुभयो । रासस