९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सविधानलाई क्षत बिक्षत पारेर गरिने निर्बाचनको कुनै अर्थ छैन –संविधान निगरानी समूह ( भिडियो सहित )

सविधानलाई क्षत बिक्षत पारेर गरिने निर्बाचनको कुनै अर्थ छैन –संविधान निगरानी समूह ( भिडियो सहित )
अ अ+ अ-

काठमाडौ । राजनीतिक दलका नेता तथा कानुनविद्हरुले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम सच्चिनुपर्ने बताएका छन् ।  काठमाडौँमा शुक्रबार संविधान निगरानी समूहद्वारा आयोजित ‘प्रतिनिधि सभा विघटन संवैधानिक व्यवस्था र वर्तमान चुनौति’बारेको कार्यक्रममा  बोल्दै नेता तथा कानुनविद्हरुले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम सच्चिनुपर्ने धारणा राखेका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले संविधानमा गरिएको व्यवस्था र विगतमा गरिएका अभ्यासलाई ध्यान दिदैँ सर्वोच्च अदालतबाट निर्णय हुनेमा विश्वास व्यक्त गर्नुभयो । यस कदमले मुलुकमा अस्थिरता जन्माएको भन्दै उहाँले सडक संघर्षमार्फत नागरिक जुर्मुराउनुपर्ने अवस्था आएको उहाँको भनाई छ ।

सबिधान निगरानी समुहका संयोजक एबं पूर्बप्रधानन्यायधिस  कल्याण श्रेष्ठले प्रतिनिधिशभाको मात्र बिघटन नभै सबिधानको नै बिघटन हुने खतरा बढेको टिप्पणी गर्नुभयो ।  उहाले भन्नुभयो सविधानलाई क्षत बिक्षत पारेर गरिने निर्बाचनको कुनै अर्थ छैन । 
कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमलाई सच्याउनुपर्ने बताउनुभयो । संविधानले नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्न नपाउने उहाँको भनाई छ । बहुमत प्राप्त प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार संविधानले नदिएको उहाँले स्पष्ट पार्नुभयो ।

पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान मिच्ने प्रवृतिलाई अन्त्य गर्न पुर्नस्थापनाले मात्रै नपुग्ने धारणा राख्नुभयो । संविधानको उल्लंघन गरेर जनतालाई धोका दिएको उहाँको भनाई छ ।
पूर्वप्रधानन्यायाधिश सुशिला कार्कीले मुलुकको संविधानलाई सर्वोपरी मानि अनुशासनमा बसेर काम गर्नुपर्ने बताउनुभयो । प्रजातन्त्रको अभ्यास भनिएको भएपनि राज्य त्यसरी नचलेको उहाँको टिप्पणी छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कि नेतृ जयपुरी घर्तीले प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भएको बताउनुभयो । संविधानलाई नै खारेज गर्ने कदमको रुपमा विघटनको कदम अघि सारिएको उहाँको भनाई छ ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रतिनिधिसभा विघटन गरिँदा राज्यका अरु संवैधानिक अङ्ग र संविधानका धारा निष्प्रभावित बन्न पुगेको जनाउँदै   अदालतले त्यसलाई सच्याउने आश गर्नुभयो । राष्ट्रियसभाकै सदस्या जीतेन्द्रनारायण देवले विगतका अभ्यासलाई देखाएर गरिएको प्रतिनिधिसभा विघटनलाई अदालतबाट ठीक ढङ्गबाट व्याख्या हुन सकेन भने देशमा निकै अप्ठेरो परिस्थितिले निरन्तरता पाउने आशङ्का  व्यक्त गर्नुभयो ।
तत्कालीन संविधानसभा सदस्य एवं संविधानविद् लक्ष्मणलाल कर्णले विगतमा संविधान निर्माणका बेला भएको गल्तीको उपजका रुपमा प्रधानमन्त्रीको कदम आएको टिप्पणी गर्नुभयो । सो अवसरमा  प्रा डा शिलु वज्राचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर,टिकाराम भट्टराई , ललित बस्नेत ,लगायका बक्ताहरुले प्रतिनिधिशभा बिघटन गरेर प्रधानमन्त्रीले अधिकारको दुरुपयोग गरेको दाबी गर्नुभयो ।  
कार्यक्रममा नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले सर्बत्र चासो र चिन्ता रहेको बिषयमा सरोकारवालापक्षको राय लिन का लागि कार्यक्रम सयोजन गरिएको जानकारी गराउदै यस्ता बिषयमा निरन्तर अन्तरक्रिया गरिने जानकारी गराउनुभयो  । 
प्रतिनिधि सभा विघटनको कदमका विरुद्ध सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समुह, बुद्धिजिवी लगायत विभिन्न समुहहरुले निरन्तर आन्दोलन तथा खबरदारी गरिरहेको छ ।