६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई साधारण सदस्यबाट हटाउने नेपाल –दाहाल पक्षको तयारी



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान,उद्देश्य र लक्ष्य विपरित काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरित गतिबिधि गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको बैठक पछि नेता भीम रावलले जानकारी दिनु भयो । काठमाडौका आयोजित एक कार्यक्रममा पनि नेता माधब नेपाललले ओली कम्युनिष्ट  पार्टीको सदस्यको लागि योग्य नभएको भन्दै हटाउने तयारी गरेको जानकारी गराउनु भएको थियो  ।

 यस्तै बैठकले आगामी माघ १६ गते काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरुलाई पनि टुंगो लगाउने  निर्णय गरेको छ ।