११ भाद्र २०८३, बिहीबार
,
Latest
पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन भारत सरकारबाट प्राप्त राहत सामग्री औपचारिक रूपमा ग्रहण भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन बाढी प्रभावित अपर त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाको हेलिकप्टर अवतरण, उद्धार तथा विद्युत् पुनर्स्थापना तीव्र आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु रसुवा बाढी : उद्धारका लागि १५ भन्दा बढी उडान, ११६ जनाको उद्धार रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ।  परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता गरेका हुन् ।  

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको समेत सहभागिता थियो। रक्षामन्त्री सिंहले परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि भारत-नेपालको सम्बन्ध केबल सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिकबाट अघि बढेको बताएका छन्।

‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ,’ सिंहले ट्विटरमा लेखेका छन्।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले भारतमा आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन्।बिहीबार भारत प्रस्थान गरेका मन्त्री ज्ञवाली शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किने कार्यक्रम छ ।