४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कर्णालीको पीडा बन्दै प्राकृतिक विपत

कर्णालीको पीडा बन्दै प्राकृतिक विपत
अ+ अ-

काणली । प्राकृतिक विपत्तीबाट यस वर्ष कर्णालीमा ठूलो क्षति पुगेको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागी जस्ता प्राकृतिक विपत्बाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा ठूलो धनजनको क्षति भएको पाइएको हो ।
    
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा बाढी, पहिरो, हावाहुरी र आगलागीबाट गरी रु १८ करोड २५ लाख बराबर धनजनको क्षति भएको छ । विपतबाट साउन महिनामा रु आठ करोड ४९ लाख तीन हजार ६८४ बराबरका धनजनको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 
    
त्यसैगरी भदौमा रु छ करोड ७१ लाख ६२ हजार ३०, असोजमा रु दुई करोड ५१ लाख ९१ हजार ३०० र कात्तिकमा रु ११ लाख ९० हजार ३०० बराबरको धनजनको क्षति भएको सहप्रवक्ता श्रेष्ठले बताउनुभयो । “गत साउन र भदौमा पहिरो र बाढीबाट धनजनको ठूलो क्षति भयो”, उहाँले भन्नुभयो, “यद्यपि थप क्षति हुनबाट कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको भूमिका राम्रो रह्यो ।”
    
प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार कर्णालीमा सबैभन्दा बढी क्षति क्रमशः पहिरो, आगलागी र बाढीबाट भएको पाइएको छ । चालू आवको चार महिनाको अवधिमा पहिरोबाट रु १० करोड ६० लाख ५१ हजार २८४, आगलागीबाट रु चार करोड ३७ लाख ९१ हजार ६३९ र बाढीबाट रु एक करोड ८२ लाख ९१ हजार ९३१ बराबर जनधनको क्षति भएको छ ।
    
हावाहुरीले भने यस प्रदेशमा रु आठ लाख र चट्याङले सबैभन्दा कम रु एक लाख दुई हजार ६०० बराबर जनधनको क्षति भएको प्रदेश प्रहरी कार्यालयको अभिलेखमा छ । त्यस्तै प्राकृतिक विपत्तीले कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी हुम्ला जिल्लामा क्षति पु¥याएको छ । पहिरो र आगलागीका कारण हुम्लामा रु पाँच करोड ४४ लाख ९४ हजार १६० बराबर धनजनको क्षति भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
    
उहाँले अगाडि भन्नुभयो, “पहिराको जोखिमका हिसाबले दोस्रोमा दैलेख रहेको छ । यो वर्षको पहिलो चौमासिकमा दैलेखमा पहिराकै कारण रु चार करोड १२ लाख १६ हजार ९०० को जनधन क्षति भएको छ । सुर्खेत भने बाढी र आगलागीको चपेटामा परेको छ । ती दुवै विपत्तीबाट सुर्खेतले रु तीन करोड ४८ लाख दुई हजार ५०० बराबरको जनधनको क्षति व्यहोर्नु परेको छ ।” 
    
बाढी, पहिरो, आगलागी हावाहुरी, चट्याङजस्ता विपत्तीबाट जाजरकोटले रु एक करोड ९३ लाख सात हजार २५०, जुम्लाले रु एक करोड ४० लाख ५८ हजार १००, कालीकोटले रु ७८ लाख ३६ हजार ४३४, सल्यानले रु ३२ लाख ८२ हजार १३१, मुगुले रु २९ लाख ४२ हजार २०० र सबैभन्दा कम डोल्पाले रु १७ लाख ४२ हजार २०० बराबरको जनधनको क्षति व्यहोरेको छन् । 
    
साउनमा २२ वटा विपत्तीका घटना हुँदा ३७६ घर क्षति भएका छन् । त्यसबाट १९ महिला र १८ पुरुष गरी ३७ जनाको मृत्यु, पाँच जना बेपत्ता, ३१ घाइते, एक हजार ४१३ परिवार विस्थापित र २१२ पशुचौपायाको मृत्यु भएको छ । भदौमा २१ विपत्तीका घटनाबाट ३४३ घर क्षति, १४ पुरुष र छ महिला गरी २० जनाको मृत्यु, चार बेपत्ता, १७ घाइते, ५८८ परिवार विस्थापित र ३०३ पशुचौपायाको मृत्यु भएको जनाइएको छ ।
    
त्यस्तै असोजमा १३ विपत्तीका घटना घट्दा एक जना घाइते, ४५ परिवार विस्थापित तथा कात्तिकमा छ विपत्तीका घटनाबाट १६ घर क्षति, दुई महिला एक पुरुष गरी तीन जना मान्छे र तीन पशु चौपायाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरो, बाढी र आगलागीका कारण कालीकोटले सबैभन्दा बढी मानवीय क्षति भोग्नुप¥यो ।
    
यो चार महिनाको अवधिमा विपत्तीका कारण कालीकोट जिल्लामा २३ महिला र २१ पुरुष गरी ४४ जनाले ज्यान गुमाए भने सात जना अझै बेपत्ता रहेका छन् । बाँकी मृत्यु हुनेमा अन्य जिल्लाका नागरिक रहेको प्रहरीले जनाएको छ । भूगर्भविद्हरुले यसअघिदेखि नै कर्णाली तथा तिला नदी किनारमा रहेका बस्ती उठाएर सहजमा ठाउँमा व्यवस्थापन गर्नुपर्ने अन्यथा ठूला घटना घट्ने चेतावनी दिँदै आएका छन् । 
    
प्रदेश प्रहरी कार्यालयको यस वर्षको तथ्याङ्कले जुम्ला कर्णाली प्रदेशमै हावाहुरी, हिमपहिरो, बाढी र पहिराको जोखिममुक्त जिल्लाका रुपमा देखिएका छ । आगलागीका घटना भने जुम्लामा पटकपटक हुँदै आएका छन् । डोल्पा जिल्ला पहिरोबाहेक अन्य जोखिममुक्त नै रहेको पाइएको छ ।
    
सहप्रवक्ता श्रेष्ठका अनुसार कर्णालीका सबै जिल्ला सदरमुकाम र स्थानीय तहमा आगलागी हुँदा घटनास्थलमा न सजिलै दमकल जाने बाटो छ न त प्राकृतिक विपत्तीमा आवश्यक तालीम प्राप्त जनशक्ति नै । कठिन भूगोल, आवश्यक उपकरण र जनशक्ति अभावले पनि बेलैमा उद्धार तथा राहतका कार्य हुन नसकेको उहाँको भनाइ छ । उहाँले जोखिम क्षेत्रको पहिचान गरी त्यहाँको समस्याको समाधान गर्न सम्बन्धित निकायले समयमै पहल गर्नुपर्ने कुरा सुभाउनुभयो । 
    
कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले कर्णालीमा विपद्का विषयमा नागरिक सचेत नुहुनु र भिरालो जमीनका कारण पहिरो एवं बाढी जाँदा धनजनको ठूलो क्षतिको भएको बताउनुहुन्छ । क्षति बढ्नुका कारण यातायातको सहज पहुँच र विपत्का विषयमा नागरिकमा सचेतीकरण नभएको प्रहरी नायब महानिरीक्षक पन्तको भनाइ छ । “भौगोलिक विकटताले बाढी र पहिरो जाँदा, आगलागी हुँदा या चट्याङ पर्दा न बेलैमा घटनास्थलमा जान सकिन्छ न त जानकारी लिन नै पाइन्छ”, उहाँले भन्नुभयो, “मौसम र सूचनाको प्रभावकारिता हुन नसक्नुले पनि कर्णालीमा धनजनको बढी क्षति भएको हो । मानवीय सावधानीको कमीका कारण पनि विपत् जोखिमको सामना गर्नु परेको उहाँको भनाइ थियो । 
    
प्रहरी नायब महानिरीक्षक पन्त भन्नुहुन्छ, “कर्णाली प्रदेशका अधिकांश बस्ती भिरोलो जमीनमा अवस्थित छन् । त्यसमा धेरै बस्ती निकै जोखिमपूर्ण अवस्थामा पनि छन् । तिनलाई व्यवस्थापन गर्न र भावी दिनमा आइलाग्ने सम्भावित जोखिमबाट जोगाउन सङ्घ, प्रदेश तथा स्थानीय तहका सरकारहरुले ध्यान दिनुपर्दछ ।”
    
कर्णालीमा पहिलो पहिरो, दोस्रो आगलागी र तेस्रोमा बाढीको विपत्ती बढी भएको तथ्याङ्कले देखाएको छ । तीलगायत तीनै विपत्तीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारको विपत् व्यवस्थापन केन्द्र र सम्बन्धित जिल्लामा रहेका जिल्ला विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरणका दूरगामी प्रभाव पार्ने रणनीतिक योजना तयार गर्नुपर्ने कुरा जानकारहरुले सुझाएका छन् । शुरबहादुर सिंह /रासस