४ पुष २०८२, शुक्रबार
,
Latest
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो



अ+ अ-

काठमाडौं । विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो ।यो पहिलेको वर्ष स्न २०१९ को भन्दा धेरै नै कमी हो भनिएको छ । संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार यो तथ्यांक सार्वजनिक गरेको हो । उक्त तथ्यांकअनुसार सन् २०२० मा मात्र पनि विश्वका २८ करोड १० लाख नागरिक आफ्ना देशबाहिर बसेका थिए । 

उनीहरुलाई आप्रवासीका रुपमा राष्ट्रसंघीय उक्त निकायले परिभाषित गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको विश्व आप्रवासन प्रतिवेदन सन् २०२० प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । उक्त प्रतिवेदनमा विश्वमा आप्रवासीका रुपमा बस्न थालेका नागरिकहरुमध्ये विश्वका २० देशमा नै सबैभन्दा बढी रहेका पाइएको बताइएको छ । यसमध्ये आप्रवासीहरु सबैभन्दा बढी अमेरिकामा बस्ने गरेका छन् । 

त्यसैगरी सन् २०२० मा अमेरिकामा मात्र ५ करोड १० लाख नागरिक आप्रवासीका रुपमा बस्ने गरेका थिए । त्यसैगरी जर्मनीमा १ करोड ६० लाख , साउदी अरेबियामा १ करोड ३० लाख  र रुसमा  १ करोड २० लाख  र बेलायतमा ९० लाख  नागरिक बस्ने गरेका सो प्रतिवेदनमा उल्लेख गरिएको छ । उता विश्वमा सबैभन्दा बढी नागरिकहरु बाहिर बस्ने देशमा भारत रहेको छ । सन् २०२० मा मात्र भारतका करिब १ करोड ८० लाख नागरिक विश्वका विभिन्न देशमा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ । रासस