१ असार २०८३, सोमबार
,
Latest
शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतामा जाने हाम्रो निर्णय सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गरिन्छ : अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गर्नुभएको छ । 

शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास व्यक्त गर्नुभएको हो । देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा निर्णयकर्ता जनता हुने भन्दै उहाँले जनता सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउनुभयो । नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको उहाँको भनाई छ । यस विषय सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधिन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने पनि मन्त्री पौडेलले बताउनुभयो ।

मन्त्री पौडेलले आगामी निर्वाचनले अनुशासित, मर्यादित तथा जनताप्रति उत्तरदायी प्रतिनिधि सभाको निर्माण गर्ने बताउनुभयो । निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व दिने उहाँको भनाई छ । मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्दको भ्याक्सिन उपलब्ध गराउने तयारी गरेको जानकारी दिनुभयो । विश्व स्वास्थ्य संगठन लगायतका अन्र्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई कोभिड विरुद्दको भ्याक्सिन निशुल्क रुपमा उपलब्ध गराउने उहाँको भनाई छ ।

कोभिड १९ विरुद्दको भ्याक्सिन आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्र्तराष्ट्रिय दातृ निकायहरुले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको भएपनि देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल गर्ने नगरिएको स्पष्ट पार्नुभयो ।