२५ श्रावण २०८३, सोमबार
,
Latest
ग्यासका लागि नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न इण्डक्सन चुल्हो बाँड्ने योजना ल्याउन सांसद अधिकारीको माग राष्ट्रिय गौरवका आयोजना पूरा हुन अझै १० वर्ष लाग्ने, सुधार भए ३–५ वर्षमै सकिने प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद आउन रोक लगाउन एमाले सांसद पोखरेलको माग अवैध रुपमा गिट्टी तथा बालुवा तस्करी भइरहेको भन्दै रास्वपा सांसद तामाङले गराइन् सरकारको ध्यानाकर्षण दलित अधिकार दशक घोषणा गर्न नेकपा सांसद विश्वकर्माको माग विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखका लागि ५५ वर्षे उमेर हद प्रश्ताव विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव काँग्रेस सांसद यादवले भने– ढल्केवरमा थप आन्दोलन नचर्कियोस् हरि ढकाललाई एमाले सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ? प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदभित्रै सांसदले सारी तानेपछि…



अ+ अ-

काठमाडौँ । बिहीबार संसदमा हंगामा थियो । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि उनी रोष्ट्रममा जाँदैथिए, तर जान पाएनन् ।

सत्तापक्ष र विपक्षी दलका सांसदहरुका बीचमा धकेलाधकेलको अजस्था पनि सिर्जना भयो । यस क्रममा नेकपा एमालेका नेता केपी ओली र विपक्षी कांग्रेसका नेता धनराज गुरुङबीचको नोकझोँकको त तस्बिर नै सर्वत्र आइ नै सकेको छ ।

संसदभित्रको यो रमाइलोकै बीचमा अर्को पनि एउटा यस्तै दृश्य देखिएको थियो सांसदको सारी तानेको । संसदमै कांग्रेसकी एकजना महिला सांसदले अर्की कांग्रेस सांसदको सारी तानेको पनि स्पष्टै देखिन्थ्यो । यो तास्बिरले पनि आज सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको छ । एकजना महिला सांसद अघि बढ्दै छिन् नाराबाजी गर्न अनि अर्की सांसद उनैको पिछा लाग्छिन र राम्रैसँग सारी तान्न पुग्छिन् ।

सामाजिक सञ्जालमा आज भनिएको छ ‘उहाँहरु माननीय हो कि ताननीय ?’ सो फोटोमा सारीको सप्को तानिरहेको अवस्थामा देखिएकी सांसद हुन्, रमा कोइराला । बिहीबारको बैठकमा तनाव उत्पन्न भएपछि सभामुख देवराज घिमिरेले शुक्रबारसम्मलाई बैठक स्थगित गरेपनि संसदभित्रको तनाव भने बाँकी नै थियो । त्यसैबेला कांग्रेस सांसद कल्पना चौधरी आक्रोशित मुद्रामा देखिएकी थिइन ।

उनले मानौँ कि त्यहाँ अर्का कुनै सांसदलाई हात हाल्न खोजेजस्तो देखिन्थिन् । ठिक त्यसैबेला सांसद चौधरीलाई सांसद् कोइरालाले सारी तानेर रोक्न खोजेकी थिइन् । संसदमा दुइ पक्षका सांसदहरुका बीचमा भनाभन र कतै त धकेलाधकेलको अवस्था पनि सिर्जना भएको थियो । त्यसपछि सांसद चौधरी आक्रोशित भएर अघि बढ्न खोज्दा आफूले रोक्न खोजेको सांसद कोइरालाको भनाई छ ।




भर्खरै