२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिबन्धु टि-स्टेटमा काँग्रेसका कोही दोषि भए सजाय भोग्न तयार छौ: रामहरी खतिवडा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री संसदीय छानविन समिति गठनमा सकारात्मक देखिएको भएपनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताउनु भएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले संसदीय छानविन समिति गठनको सम्बन्धमा निक्र्यौल निकालेर संसद चलाउने बाटोमा जानुपर्ने आफूहरुको धारणा रहेको बताउनु भयो । उहाँले सरकार संसदीय छानविन समिति गठन गर्न तयार भएर आएमा बैठक अगाडी बढ्ने बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सांसद खतिवडाले गिरिबन्धु टि—स्टेटमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्बौ रुपैयाँको नीतिगत भ्रष्टाचार भएको बताउनु भयो । उहाँले सो प्रकरणको छानविन गर्नुपर्ने र काँग्रेसका कोही दोषि भएमा कारबाही भोग्न तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हिजो प्रधानमन्त्रीसँग हाम्रा केही साथीहरुले गएर कुरा गर्नुभयो । अहिले बिहान पनि केही कुरा भएको छ । प्रधानमन्त्रीजी व्यक्तिगत रुपमा हामीलाई भेट्दा सकारात्मक देखिनुहुन्छ । फेरि सत्तारुढ गठबन्धनसँग कुरा गर्न थालेपछि कता कता उहाँपनि रेडिकल हुनुहुन्छ । कहिले हामीसँग ठिक । कहिले उता ठिक । यही बारेमा एउटा निक्र्यौल निकालेर संसद चलाउने बाटोमा जाउँ भन्ने हाम्रो धारणा हो । सभामुखलाई पनि त्यही भनेका छौँ । सधैँ सदन नकारात्मक रुपमा मात्रै नजाओस् भन्ने कुरा छ । यही पहलका लागि सभामुखले ४ बजेसम्मका लागि रोकौँ न भनेर ४ बजेसम्मलाई स्थगित गरिएको हो । सरकार संसदीय छानविन समिति गठन गर्न तयार भएर आयो भने सबै कुरा सहमती हुन्छ । अदालतले निर्णय गर्छ काँग्रेसलाई नै आरोप लगाउनु भनेको सही मानसिकताको उपजले त्यो कुरा बोलेको हो भन्ने लाग्छ ? अदालतप्रति आक्रमण गर्ने । आफैँ प्रधानमन्त्री हुँदा अर्बौ नीतिगत भ्रष्टाचारको निर्णय गर्ने । त्यसलाई अदालतले झापड हानेर उल्ट्याइदियो । नैतिकताको कुरा गर्ने हो भने भ्रष्टाचारमा सबभन्दा बढी संलग्नता बालुवाटार त छावा मात्रै हो हात्ति त उतैतिर छ भन्ने हो । त्यसमा को–को छन् अझै छानविन गर्नेगरी आउनुपर्छ । कांग्रेस दोषि छ भने सजायको भागि हुन्छौँ ।’