२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिबन्धु टि-स्टेटमा काँग्रेसका कोही दोषि भए सजाय भोग्न तयार छौ: रामहरी खतिवडा



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रधानमन्त्री संसदीय छानविन समिति गठनमा सकारात्मक देखिएको भएपनि सत्तारुढ अन्य दलका कारण प्रधानमन्त्रीले निर्णय गर्न नसकेको बताउनु भएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले संसदीय छानविन समिति गठनको सम्बन्धमा निक्र्यौल निकालेर संसद चलाउने बाटोमा जानुपर्ने आफूहरुको धारणा रहेको बताउनु भयो । उहाँले सरकार संसदीय छानविन समिति गठन गर्न तयार भएर आएमा बैठक अगाडी बढ्ने बताउनु भयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सांसद खतिवडाले गिरिबन्धु टि—स्टेटमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्बौ रुपैयाँको नीतिगत भ्रष्टाचार भएको बताउनु भयो । उहाँले सो प्रकरणको छानविन गर्नुपर्ने र काँग्रेसका कोही दोषि भएमा कारबाही भोग्न तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हिजो प्रधानमन्त्रीसँग हाम्रा केही साथीहरुले गएर कुरा गर्नुभयो । अहिले बिहान पनि केही कुरा भएको छ । प्रधानमन्त्रीजी व्यक्तिगत रुपमा हामीलाई भेट्दा सकारात्मक देखिनुहुन्छ । फेरि सत्तारुढ गठबन्धनसँग कुरा गर्न थालेपछि कता कता उहाँपनि रेडिकल हुनुहुन्छ । कहिले हामीसँग ठिक । कहिले उता ठिक । यही बारेमा एउटा निक्र्यौल निकालेर संसद चलाउने बाटोमा जाउँ भन्ने हाम्रो धारणा हो । सभामुखलाई पनि त्यही भनेका छौँ । सधैँ सदन नकारात्मक रुपमा मात्रै नजाओस् भन्ने कुरा छ । यही पहलका लागि सभामुखले ४ बजेसम्मका लागि रोकौँ न भनेर ४ बजेसम्मलाई स्थगित गरिएको हो । सरकार संसदीय छानविन समिति गठन गर्न तयार भएर आयो भने सबै कुरा सहमती हुन्छ । अदालतले निर्णय गर्छ काँग्रेसलाई नै आरोप लगाउनु भनेको सही मानसिकताको उपजले त्यो कुरा बोलेको हो भन्ने लाग्छ ? अदालतप्रति आक्रमण गर्ने । आफैँ प्रधानमन्त्री हुँदा अर्बौ नीतिगत भ्रष्टाचारको निर्णय गर्ने । त्यसलाई अदालतले झापड हानेर उल्ट्याइदियो । नैतिकताको कुरा गर्ने हो भने भ्रष्टाचारमा सबभन्दा बढी संलग्नता बालुवाटार त छावा मात्रै हो हात्ति त उतैतिर छ भन्ने हो । त्यसमा को–को छन् अझै छानविन गर्नेगरी आउनुपर्छ । कांग्रेस दोषि छ भने सजायको भागि हुन्छौँ ।’