३० जेष्ठ २०८३, शनिबार
,
Latest
आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै हिमालयदेखि एन्डिजसम्मः नेपाल–पेरु मित्रताका ५० वर्ष भेरी अस्पतालको एनआईसीयू  शय्या विस्तार गरिँदै डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुडो सङ्घका पदाधिकारीलाई सदस्य सचिव घिसिङको बधाई



अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाल जुडो सङ्घका नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई आज बधाई दिनुभएको छ ।

त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा पदाधिकारीसँग भएको भेटमा सदस्य–सचिव घिसिङले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिनुभयो । उहाँले वर्तमान कार्यसमितिले जुडो सङ्घलाई अझ मजबुद बनाएर लैजाने विश्वास व्यक्त गर्दै जुडो खेलप्रति आकर्षण जगाउन व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

गत बैशाख ३१ गते सम्पन्न जुडो सङ्घको छैठौँ केन्द्रीय चुनावी साधारणसभाले दीपकहर्ष बज्राचार्यको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

धर्मशिला चापागाईं वरिष्ठ उपाध्यक्ष, रमेश महर्जन, हेमराज भण्डारी, सुरजकाजी डोटेल र गङ्गा खड्का उपाध्यक्ष, प्रकाशचन्द्र पाण्डे महासचिव, पवनकुमार बानियाँ सचिव तथा प्रमोदप्रसाद नेपाल कोषाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

साथै राजन रोकाय, सुनिता बोहरा, तुलबहादुर थापा मगर, दीपक विष्ट, सविन मोक्तान र प्रकाश सारु मगर सदस्यमा चयन हुनुएको थियो । सबै पदमा निर्वाचन भएको थियो ।