३० जेष्ठ २०८३, शनिबार
,
Latest
आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै हिमालयदेखि एन्डिजसम्मः नेपाल–पेरु मित्रताका ५० वर्ष भेरी अस्पतालको एनआईसीयू  शय्या विस्तार गरिँदै डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश



अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गर्नुभएको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।

मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गर्नुभएको थियो । जोशीका पक्षमा पाँचजना अधिवक्ताले बहस गर्नुभएको थियो ।

स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गर्नुभएको थियो ।