२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म स्वदेशमै पढ्छुु’ विद्यार्थी महोत्सव जारी



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु विद्यार्थीमहोत्सव–२०८१’ आज पनि जारी छ ।

युवा विद्यार्थीलाई नेपालको शिक्षाबारे जानकारी गराउन र आफ्नै देशमा उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । मङ्गलबारदेखि सुरु भएको महोत्सवमा विद्यार्थीको उल्लेखनीय सहभागिता छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले महोत्सवमा विद्यार्थीले देशको शिक्षा प्रणाली र यहाँका कलेजका बारेमा जानकारी लिएको बताउनुभयो ।

महोत्सवको आज दोस्रो दिन ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व’ भन्ने बिषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराई, नेपाली कांग्रेसका नेता प्रदीप पौडेल र विद्यार्थी नेत्री मानुसी यमी भट्टराईबीच छलफल हुनेछ ।

महोत्सवमा आएका विद्यार्थीलाई दुनाटपरी र गुन्द्री बुन्न सिकाइने छ । भोलिसम्म सञ्चालन हुने महोत्सवमा एक सय ५० भन्दा बढी प्रदर्शनकक्ष राखिएका छन् ।