२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती गुल्मीमा ३८ जातका कफीको परीक्षण कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउमाथि दिल्लीको जितसँगै राजस्थान आईपीएलको प्लेअफमा



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को ६४ औं खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्ट्सलाई १९ रनले पराजित गरेको छ ।

आइतबार दिल्लीको यो जितसँगै राजस्थान रोयल्स प्लेअफमा प्रवेश गरेको छ । योसँगै डिसी १४ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा छ ।

अर्कोतर्फ, लखनउ १२ अंकसहित ७ नम्बरमा छ । अब लखनउले १७ मे मा मुम्बईविरुद्धको खेल जित्नुपर्नेछ ।

अरुण जेटली स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको थियो । दिल्लीले घरेलु मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

जवाफमा लखनउले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन मात्रै बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच इशान्त शर्मा भए । उनले ३४ रनमा ३ विकेट लिए ।

डिसीका अभिषेक पोरेलले ३३ बलमा ५८ रनको इनिङ खेले भने ट्रिस्टन स्टब्सले २५ बलमा अविजित ५७ रन बनाए । शाइ होपले ३८ र कप्तान ऋषभ पन्तले ३३ रन बनाए । लखनउका नविन उल हकले २ विकेट लिए । अर्शद खान र रवि बिश्नोईले एक–एक विकेट लिए ।

एलएसजीबाट निकोलस पुरनले ६१ रनको इनिङ खेले । अर्शद खानले अविजित ५८ रन बनाए । इशान्त शर्माले ३ विकेट लिए । अक्षर पटेल, कुलदीप यादव, मुकेश कुमार, खलिल अहमद र ट्रिस्टन स्टब्सले एक–एक विकेट लिए । एउटा ब्याटर रनआउट भए ।