६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमले रोक्न सकेन म्यान्चेस्टर सिटीलाई, हालाण्डको दुई गोलमा सिटी उपाधि नजिक



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा सिटीले टोटेनहमलाई उसकै घरेलु मैदानमा २–० गोलले पराजित गरेको हो । जितसँगै सिटी उपाधि नजिक पुगेको छ ।

सिटीलाई महत्वपूर्ण जित दिलाउन एर्लिङ हालाण्डले दुबै गोल गरे । उनले खेलको ५१ औं मिनेटमा पहिलो गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । केभिन डि ब्रुएनाको पासमा हालाण्डले बललाई जाली चुमाए ।

खेलको ८६ औं मिनेटमा टोटेनहमलाई बराबरी गर्ने अवसर थियो । सिटीका डिफेन्डर अकान्जीले गल्ती गर्दा टोटेनहमका कप्तान सन हेउंग मिनलाई गोल गर्ने सुनौलो अवसर थियो । उनले सिटीका सब्सीच्युड गोलकिपर स्टेफान ओर्टेगालाई वान भर्सेस वानमा गोल गर्न चुके ।

त्यसपछि खेल सकिनै लाग्दा इन्जुरी समयमा हालाण्डले पेनाल्टीमा गोल थपे । टोटेनहमका पेड्रो पोरोले सिटीका जेरेमी डोकुलाई डी–बक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो जसलाई हालाण्डले खेर जान दिएनन् ।

जितसँगै सिटी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीको ३७ खेलबाट ८८ अंक छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ८६ अंक छ । टोटेनहम ६३ अंकसहित पाँचौं स्थानमा छ ।

अब अन्तिम खेलमा सिटीले वेस्टहाम युनाइटेडको सामना गर्दा आर्सनल एभर्टनसँग भिड्नेछ । उपाधि होडमा रहेका दुबै टोलीका खेल घरेलु मैदानमा हुनेछ ।