२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियत कर्जा दिइने



photo: RSS
अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कम्तिमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिने बताउनुभएको हो । उहाँले नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने पनि जानकारी गराउनु भयो । तीन तहका सरकारका साथै निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिने पनि उहाँले बताउनु भयो । स्टार्टअप व्यवसायको विकास र प्रवद्र्धन गर्न प्राज्ञिक संस्थाहरु सँग सहकार्य गरिने सरकारको नीति रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिनेछ । तीनै तहका सरकारका साथै नीजि क्षेत्रको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीतिको कार्यान्वयन गरिनेछ । स्टार्टअप व्यवसायको विकास र प्रवद्र्धन गर्न प्राज्ञिक संस्थाहरु सँग सहकार्य गरिनेछ । नीजि क्षेत्र समेतको सहभागितामा सातै प्रदेशमा बिजनेश इन्क्युभेसन सेन्टरको स्थापना गरी स्टार्टअपको विकास र प्रवद्र्धन गरिनेछ । आगामी आर्थिक वर्ष कम्तिमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिनेछ । वैदेशिक रोजगारीबाट फर्केका युवा, दलित, महिला तथा सिमान्तकृत समुदायको उद्यमशिलता विकास गरी स्थानिय तहमा लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र स्तरोन्नति गरिनेछ । आगामी आर्थिक वर्ष कम्तिमा एक हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराइनेछ । लघु, घरेलु एवं साना उद्योगीले एक ठाउँमा मात्र दर्ता गरी व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था गरिनेछ ।’

त्यस्तै आगामी आर्थिक वर्ष कम्तिमा एक हजार लघु, घरेलु तथा साना उद्योगीलाई ब्याजमा अनुदान तथा प्रविधि उपलब्ध गराइने पनि सरकारको नीति रहेको बताइएको छ । लघु, घरेलु एवं साना उद्योगीले एक ठाउँमा मात्र दर्ता गरी व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था गरिने भएको छ ।




भर्खरै