१६ श्रावण २०८३, शनिबार
,
Latest
गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन विश्व स्तनपान सप्ताह आजदेखि पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भन्दै अख्तियारमा उजुरी



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को जिल्ला क्रिकेट संघ वा प्रदेश क्रिकेट संघको प्रमुख पदहरुमा वा कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

क्यानको लुम्बिनी र गण्डकी प्रदेश तथा झापा जिल्ला क्रिकेट संघमा रहेका अध्यक्षहरु प्राविधिक समेत भएको हुँदा यसले स्वार्थको द्वन्द निम्तिने भन्दै अभिषेक शर्मा लगायतले उजुरी दर्ता गरेका हुन् ।

निवेदनमा राष्ट्रिय खेलकुद परिषद्को खेलकुद सम्बन्धी ऐन अनुसार कुनै पनि प्राविधिकहरु जिल्ला, प्रदेश वा राष्द्रिय संघको प्रमुख पदहरुमा बस्न नपाउने व्यवस्था रहेको स्पष्ट पारिएको छ ।

साथै, असार महिनामा बसेको क्यानको कार्यसमितिको निर्णयअनुसार जिल्ला क्रिकेट संघ वा प्रदेश क्रिकेट संघको प्रमुख पदहरुमा वा नेपाल क्रिकेट संघको कार्य समितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भनिएको उजुरीमा उल्लेख गरिएको छ ।

तर, यो नियमलाई नेपाल क्रिकेट संघले पूर्ण रुपमा पालना नगरेको उजुरीकर्ताको आरोप छ । एक व्यक्ति एक पदको प्रावधानलाई कायम गराउन माग समेत गरिएको छ ।