३० जेष्ठ २०८३, शनिबार
,
Latest
सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अशोक राई नेतृत्वको जसपा सरकारमा जाने, यी ३ बन्नेछन् मन्त्री



अ+ अ-

काठमाडौँ । जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा जाने भएको छ ।

जसपाले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ ।

जसपा स्रोतका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादव स्वास्थ्यमन्त्री, हसिना स्वास्थ्य राज्यमन्त्री नियुक्त हुने स्रोत बताउँछ । झाको हकमा भने कुन मन्त्रालय खाली गरेर पठाउने भन्नेबारे टुंगो लागिसकेको छैन ।

आजै मात्र जसपा नेपालबाट सरकारमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिइसकेका छन् ।