६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमाथिको हिजो (आइतवारको) सुनुवाइ हेर्दाहेर्दैमा सकिएको थियो । हिजोको सुनुवाइमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुनिल पोखेल, संविधानविद् भीमार्जुन आचार्य लगायतले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमविरूद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ। उक्त मुद्दाबारे आइतवारदेखि निरन्तर सुनुवाइ सुरू भएको हो ।